भर्खरै

पाँच वर्षपछि गाउँमा बिजुली, स्थानीयमा खुसियाली

  • प्रकाशित मिति : Wed-27-Nov-2019
  • - Admin
title
 
हुम्ला, मंसिर । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेक्पा गाउँमा बिजुली पुगे सँगै स्थानीयवासीमा खुसियाली छाएको छ । हेक्पा गाउँ वडा नं –१ मा निर्माणाधीन  २० किलोवाट क्षमताको धुनीतुङ्चा लघु जलविद्युत् सञ्चालनमा  आए सँगै स्थानीयमा खुसियाली छाएको हो । वडा नं –१ हेक्पाका अध्यक्ष पेमा लामाका अनुसार निर्माण भएको पाँच वर्षपछि बुधबार काम सम्पन्न भई गाउँमा बत्ती बल्न शुरु भएको बताए । 
 
स्थानीयवासीले बत्ती नहुँदा अँध्यारोमा सल्लाको दियालो बाल्दै आएका हेक्पावासीले पहिलो पटक बत्ती बल्दा खुशियाली मनाएका छन् ।  धुनी लघुजलविद्युत परियोजना स्थानीय उपभोक्ताबाट निर्माण गरिएको उनले बताए ।   निर्धारित समयको डेढवर्षपछि विद्युत परियोजनाको निर्माणकार्य सम्पन्न भएको हो । हेक्पा र ताङ्नि गाउँका १४५ घरधुरीका बासिन्दा यसबाट लाभाविन्त भएका छन् । बत्ती आएपछि हेक्पा, ताङ्नि गाउँमा २४ घण्टासम्म गाउँ नै झिलिमिली गरिएको वडाध्यक्ष लामाले बताए । यातायातको असुविधाले मेसिन तथा अन्य उपकरण पावरहाउससम्म पु¥याउन समस्या भएपछि परियोजनाको निर्माणकार्य ढिलो भएको हो । वैकल्पिक ऊर्जा र नाम्खा गाउँपालिकाको विद्युत परियोजनाका लागि रु एक करोड २० लाखको लागत लागेको उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago