भर्खरै

चट्याङ्ग क्षति न्यूनिकरण सम्बन्धि एक दिने तालिम सम्पन्न

  • प्रकाशित मिति : Fri-29-Nov-2019
  • - Admin
title
 
काठमाण्डौ, मंसिर । नेपाल इलेक्ट्रिसियन संघ र फेन्कलिङ्क सोलुशनप्रा.लि.को संयुक्त आयोजनामा सञ्चालन भएको चट्याङ्ग क्षति न्यूनिकरण सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । बालाजु स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजी कलेज बालाजुमा सञ्चालन भएको चट्याङ्ग प्रतिरोधि तालिम आज सम्पन्न भएको हो । 
नेपालमा चट्याङबाट हरेक वर्ष मानविय तथा भौतिक क्षति बढ्दै गएको हुँदा यसबाट कसरी सुरक्षित हुने, चट्याङबाट बच्नका लागि के के गर्नु पर्ने भन्ने सम्बन्धमा  सञ्चालन भएको तालिममा ५० जना भन्दा बढी इलेक्ट्रिसियनहरुको सहभागिता रहेको थियो । 
 
कार्यक्रममा नेपालका चट्याङ्गविद् डा. श्रीराम शर्माले चट्याङ्ग कसरी पर्छ, चट्याङ्गबाट हुने मानविय तथा भौतीक क्षतीको न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा इलेक्ट्रिसियनहरुलाई तालिम दिएका थिए । 
 
कार्यक्रममा उनले चट्याङ्ग मानव उत्पतिको कारक तत्व भएको बताए । नेपालमा विशेष गरी चट्याङ्ग पूर्वि भेगमा बढी पर्ने गरेको र गृह मन्त्रालयको तथ्याङ्क अनुसार औसतमा वर्षेनी  चट्याङ्गबाट ११० जना भन्दा बढी मानिसको  मृत्यु हुने गरेको उनले बताए । भूकम्प पछि सबै भन्दा बढी मावविय तथा भौतिक क्षती गराउने प्राकृतिक विपत्ती चट्याङ्ग रहेको पनि उनले जानकारी दिए । नेपालको पूर्वि भेगमा बढी चट्याङ्ग पर्ने गरेको भए पनि मकवानपुर जिल्लामा सबै भन्दा बढी चट्याङ्गबाट मानिसको मृत्यु भएको उनले बताए । चट्याङ्ग कुनै पनि दैवीक शक्ति नभई बादल बादल बीच हुने घर्षण त्यसबाट उत्पन्न हुने चार्ज नै चट्याङ्ग रहेको उनले स्पष्ट पारे । चट्याङ्ग पर्दा ठूलो परीणाममा करेन्ट बहने उनले बताए । चट्याङ्गबाट बच्नका लागि अर्थिङ्ग गर्नु पर्ने उनले बताए ।
 त्यस्तै भारतका इलेक्ट्रिकल इन्जिनियर श्री विजय सिहंले अर्थिङ्ग गर्ने प्रक्रियाका बारे जानकारी दिएका थिए । उनले घर भित्रका इलेक्ट्रिक सामग्री सुरक्षित राख्न एस पि डि को प्रयोग गर्नु पर्ने बताए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago