काठमाण्डौ विद्युतीय व्यवसायी संघको साधारणसभा हुँदै
- प्रकाशित मिति : Mon-02-Dec-2019
- - Admin

काठमाण्डौ, मंसिर । काठमाण्डौ विद्युतीय व्यवसायी संघको १० औँ साधारण सभा पुस १२ गते हुने भएको छ । विद्युतीय व्यवसायीहरुको हकहितका लागि कार्य गर्दै आएको संघको १० औँ साधारण सभा रविभवन स्थित दरबार बैङ्क्वेट्समा हुने भएको हो ।
साधारण सभामा संघको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने संघका अध्यक्ष राजेन्द्र बैष्णवले जानकारी दिए । उनका अनुसार सधारण सभामा संघमा आवद्ध व्यवसायीका एसईई दिई A+ल्याई उर्तिण भएका व्यवसायीका छोराछोरीलाई सम्मान गर्ने बताए ।