भर्खरै

रिडी हाइड्रोपावरले लाभांश बाड्दै

  • प्रकाशित मिति : Tue-03-Dec-2019
  • - Admin
title

काठमाण्डौ, मंसिर । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शेयरधनीलाई लाभांश बाँड्ने भएको छ । कम्पनीले आफ्ना  शेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । 
कम्पनीले आर्थिक वर्ष २०७५÷७६ मा आर्जन गरेको मुनाफाबाट सम्पूर्ण शेयरधनी सदस्यलाई लाभांश वितरण गर्न लागेको हो ।
 
सञ्चालक समितीको शुक्रबार बसेको बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको कम्पनीले जनाएको छ । यो लाभंश कम्पनीका सबै शेयरधनी सदस्यले पाउने छन् ।
 
कम्पनीको आगामी पुस ४ गते हुने तय भएको १८औं वार्षिक साधारणसभाले सञ्चालक समितिले गरेको प्रस्ताव स्वीकृत गरेपछि शेयरधनी सदस्यले लाभांश पाउने छन् ।
 

प्रतिक्रिया