सुन्धारा इन्भेष्टमेन्ट प्रा.लिको शिलान्यश, आगामी तीन वर्ष भित्र निर्माण समपन्न गर्ने लक्ष्य
- प्रकाशित मिति : Tue-03-Dec-2019
- - Admin

काठमाण्डौ, मंसिर । विद्युतीय व्यवसायीहरुको सक्रियातामा काठमाण्डौको सुन्धारामा सुन्धारा इन्भेष्टमेन्ट प्रा.लीको शिलान्यस भएको छ । भवनको सोमबार सञ्चालक समितिका प्रवन्ध निर्देशक दिलिप कुमार अग्रवाल र अध्यक्ष कविन्द्र रत्न कंशकारले संयुक्त रुपमा शिलान्यस गरेका हुन् ।
काठमाण्डौ महानगरपालिकाले निर्धाण गरेको मापदण्ड अनुसार निर्माण गर्न लागिएको भवन आगामी तीन बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको अध्यक्ष कंशकारले बताए । उनका अनुसार भवन निर्माणको जिम्मा हिमालयन विल्र्डस लाई दिएको बताए । भवन निर्माण गर्न रु १ अर्व २५ करोड लाग्ने अनुमान गरीएको उनले बताए । भवन निर्माणमा १४ जना शेयर सदस्यहरुको लगानि रहेको छ । ४ रोपनी क्षेत्रफलमा ८ तलाको भवन निर्माण हुन लागेको सञ्चालक कंशकारले जानकारी दिए ।