मोरङ्ग इलेक्ट्रिक संघको पाँचौ अधिवेशन सम्पन्न, अग्रवालको नयाँ नेतृत्व
- प्रकाशित मिति : Wed-04-Dec-2019
- - Admin

विराटनगर, मंसिर । मोरङ्ग इलेक्ट्रिक संघको पाँचौ अधिवेशन सम्पन्न भएको छ । विद्युतीय व्यवसायीहरुका हितका लागि कार्य गर्दै आएको संघको पाँचौ अधिवेशन शनिबार विराटनगरमा सम्पन्न भएको हो ।
संघ पाँचौ अधिवेशनबाट १५ जनाको नयाँ कार्यसमिति निर्विरोधन चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्ष पदमा नविन कुमार अग्रवाल, प्रथम उपाध्यक्ष उकेश अग्रवाल, द्धितिय उपाध्यक्ष कैलाश विश्वास, महासचिव रघुवेन्द्र अग्रवाल, सचिव अच्युत गौतम, कोषाध्यक्ष ज्ञानराज निरौला रहेका छन् । त्यस्तै सदस्यहरुमा राजन घिमिरे, अविन पोख्रेल, विमल बुढाथोकी, गौरव वंग, नविन खनाल, राकेश कुमार सिंह, साहिल अग्रवाल, विनिता दाहाल र वासुदेव घिमिरे निर्विरोध निर्वाचित भएका हुन् ।