भर्खरै

सुन्दर यातायातले प्रदेश ५ मा विद्युतीय सवारी सञ्चालनमा ल्याउँदै

  • प्रकाशित मिति : Wed-04-Dec-2019
  • - Admin
title

बुटवल, मंसिर । सुन्दर यातयात प्रालिले प्रदेश ५ मा विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने भएको छ । प्रदेशको अस्थायी राजधानी बुटवलमा छिटै बस सञ्चालनको तयारी सुरु गरेको सुन्दर यातायातले जनाएको छ । 
 काठमाडौंमा सञ्चालित विद्युतीय बसलाई देशैभरि सञ्चालन गर्ने लक्ष्य अनुसार बुटवल लगायतका सहरमा सञ्चालनको प्रक्रिया सुरु भएको  प्रा.लिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । कम्पनीले विद्युतीय बस तथा कारको सञ्चालन, बिक्री वितरण र एसेम्बल गर्नेसमेत उद्देश्य राखेको उनले बताए । प्रा.लिले पहिलो शाखाको रूपमा बुटवलमा कार्यालय पनि स्थापना गरेको हो ।

प्रतिक्रिया