सोसाइटी अफ इलेक्ट्रिक इन्जिनियर्सको साधारण सभा हुँदै
- प्रकाशित मिति : Thu-05-Dec-2019
- - Admin

काठमाण्डौ, मंसिर । इलेक्ट्रिक इन्जिनियहरुको छाता संगठन सोसाइटी अफ इलेक्ट्रिक इन्जिनियर्स नेपाल ९क्भ्भ्ल्० को १० औँ साधारण सभा हुने भएको छ । इन्जिनियरहरुको हक हितका लागि काम गर्दै आएको सीन को १० औँ साधारण सभा यहि मंसिर २७ शुक्रबार गते हुने भएको हो ।
सीन को साधारण सभा बागबजार स्थित होटल हार्दिकमा हुन लागेको अध्यक्ष देव शर्मा पौडेलले बताए । उनका अनुसार साधारण सभामा नवौँ नयाँ कार्यसमितिको चयन गर्ने बताए । त्यस्तै साधारण सभामा सीनको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पनि प्रस्तुत गर्ने उनले जानकारी दिए । सीन मा नेपालभरका पाँच सय भन्दा बढी इन्जिनियहरु आबाद्ध छन् ।