भर्खरै

६ दिनपछि खुल्यो आरुघाट बजार

  • प्रकाशित मिति : Sun-08-Dec-2019
  • - Admin
title
गोरखा, मंसिर । गत सोमबारदेखि बन्द रहेको आरुघाट बजार शनिबार साँझबाट खुलेको छ । आन्दोलनका कार्यक्रम काठमाडौँकेन्द्रित गर्न तथा संवादलाई निरन्तरता दिन तत्कालका लागि स्थानीयस्तरको कार्यक्रम स्थगित गर्ने निर्णय सर्वपक्षीय बैठकले गरेको हो ।
 
बुढीगण्डकी डुबानमा पर्ने बजार क्षेत्रको मुआब्जा न्यायोचित नभएको भन्दै प्रभावित बजार बन्द गराएर आन्दोलनमा उत्रिएका थिए । गाउँपालिका कार्यालयमा लगाएको ताल्चा खोल्ने पनि सहमति बनेको आरुघाट गाउँपालिका अध्यक्ष पूर्ण दाहालले जानकारी दिए। ‘काठमाडौंको माइतीघरमा भएको विरोधका कार्यक्रम भने यथावत रहन्छ,’ दाहालले भने। आइतबारबाट आरुघाट क्षेत्रका बैंक तथा वित्तीय संस्था खुलेका छन् भने सार्वजनिक तथा निजी सवारी चल्न थालेका छन्।
 
मुआब्जा पुनरावलोकन माग गर्दै जग्गा प्राप्ति ऐन २०३४ को दफा २५ को उफदफा ७ बमोजिम गृह मन्त्रालयमा उजुरी दिने दाहालले बताए। ‘आवश्यक कागजपत्र जुटाएर एक दुई दिनमै उजुरी दिन्छौँ,’ उनले भने। मुआब्जा निर्धारणमा चित्त नबुझे मुआब्जा घोषणा भएको १५ दिनभित्र उजुरी गर्न सक्ने प्रावधान छ।
 
डुबान पीडितले धादिङ र गोरखाका प्रदेश र संघीय सांसद, जनप्रतिनिधि, राजनीतिक दल, सरोकार समिति र पीडित सम्मिलित वार्ता टोली गठन गरेका छन्। वार्ता टोलीले उर्जा र गृहमन्त्रीसँग मुआब्जा पुनरावलोकनको विषयमा छलफल गर्ने आरुघाटका डुबान प्रभावित दिनेश ढकालले बताए।
 
‘पुनरावलोकनकै विषयमा वार्ता गर्छौ,’ उनले भने, ‘यदि पुनरावलोकन नहुने हो भने आयोजना सानो बनाएर आरुघाट नडुबाउने विषयमा छलफल चलाउँछौँ, थोरै रकम दिनुभन्दा हाम्रो जमिन फिर्ता गर्दा राम्रो।’ पाँच आना भन्दा कम जग्गा हुनेलाई विशेष व्यवस्था गर्नुपर्ने प्रभावितको माग छ। आरुघाट बजारमा मात्र ६० प्रतिशत पाँच आनाभन्दा कम जग्गा हुने प्रभावित छन्।
 
गोरखाको आरुघाट र आर्खेत तथा धादिङको खहरे र विशालनगरको मुआब्जा गत आइतबार निर्धारण भएको थियो। आरुघाटको १० र आर्खेतको दुई भागमा जग्गाको वर्गीकरण गरी आनाको न्यूनतम ५० हजारदेखि अधिकतम७ लाखसम्म मुआब्जा निर्धारण भएको छ। यहाँका प्रभावितले भने आनाको २५ लाखसम्म मुआब्जा रकम पाउनुपर्ने माग राख्दै आएका छन् । स्रोत ः कान्तिुर 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago