भर्खरै

सप्तरीका तीन सय घरधुरीमा बिजुली बत्ती

  • प्रकाशित मिति : Sun-08-Dec-2019
  • -
title

सप्तरी,मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ स्थित मोहनपुर टोलका तीन सय घरधुरीमा पहिलोपटक बिजुलीबत्ती पुगेको छ । 
गाउँमा पहिलोपटक बिजुली बत्ती बलेपछि तीन सय घरधुरीमा खुशीयाली छाएको छ ।  
छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलले औपचारिक रुपमा ट्रान्सफर्मरको पूजाआजा गरी विधिवत् ‘स्विच अन’ गरी बिजुलीबत्तीको उद्धघाटन गरेको राष्ट्रिय जनता पार्टी नेपालका क्षेत्रीय सचिव रवीन्द्रकुमार मण्डलले जानकारी दिए । गाउँपालिकाको आर्थिक वर्ष २०७४/७५ मा रु. १० लाख तथा २०७५/७६ मा १५ लाख गरी कूल २५ लाखको लागतमा उक्त वडामा विद्युतीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 23 hours ago