भर्खरै

आठ वर्ष अघि बिजुलीका पोल पुग्यो तर अझैं बिजुली पुगेन ,दुई दशकदेखि टुकीकै सहारामा स्थानीय

  • प्रकाशित मिति : Tue-10-Dec-2019
  • - विद्युत संसार संवाददाता
title

कञ्चनपुर,मंसिर । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ पिलरीफाँटा गाउँमा हाल सम्म विद्युत् सेवा विस्तार हुन सकेको छैन । 
विद्युत सेवा विस्तार नहँुदा स्थानीय बासिन्दा अहिले सम्म पनि टुकी बत्ती कै सहारामा बस्न बाध्य छन् । बस्ती बसेको बीस वर्ष बितिसक्दा पनि अझै विद्युत् सेवा विस्तार हुन नसक्दा त्यस क्षेत्रका बासिन्दा टुकीको सहारा लिनुपर्ने बाध्यता रहेको हो  ।
स्थानीय बासिन्दा मिलन जप्रेले भने यहाँका केही परिवारले मात्र आफ्नै लगानीमा बत्ती बाल्न मात्रै सकिने सौर्यपाता जडान गरेका छन् अधिकांश परिवारमा मट्टितेलको जोहो गरेर टुकी बत्ती नै बाल्नुपर्ने बाध्यता रहेको छ । उनले भने “आठ वर्षअघि चुनावका बेला बस्तीमा विद्युत् सेवा विस्तारका लागि विद्युतका पोलहरु गाउँमा ल्याए । विद्युतका पोल ल्याउँदा गाउँमा विद्युत् सेवा विस्तार हुन्छ भनेर सोचेका थियौँ”, तर, “पोल जस्तो अवस्थामा छाडेर गएका थिए, अहिले पनि त्यही अवस्थामा रहेको भन्दै ठड्याउने कार्यसमेत नभएको उनले बताए । 
त्यस्तै त्यहाँका अर्का स्थानीय कलावती जाग्री भन्छिन्, विद्युत नहँदा टुकीको सहायताले रातिका बेला काम गर्न गाहे हुने भन्दै सबैभन्दा बढी विद्यालय पढ्ने बालबालिकालाई पढ्नलेद्यन समस्या हुने गरेको बताउँछिन् । हाम्रो गाउँमा टुकी बल्छ तर छिमेकी गाउँमा झिलीमिली विद्युत् बलेको हुन्छ, हामी पनि हाम्रो गाउँमा विद्युत् बलेको देख्ने चाहना छ तर त्यो चाहनो पूरा हुने छाँट देखिँदैन ।”
“स्थानीय तहका जनप्रतिनिधि देखि प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारले चुनावमा विद्युत् बाल्ने, सिँचाई, खानेपानी पु¥याउने बाचा गरेका थिए, बाचाअनुसार चुनावमा मतदान पनि ग¥यौँ, कसैले पनि समस्या समाधान नगरेको उनले गुनासो गरे । 
नगरप्रमुख ऐर पिलरीफाँटामा छिट्टै विद्युत् सेवाका लागि पहल भइरहेको बताए । “विद्युत् विस्तारका लागि ठेक्का भइसकेको बताउँदै केही दिनमा विद्युत् सेवा विस्तारको कार्य हुने र जनतासँग गरेका बाचा पूरा गरेरै छाड्ने उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 21 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 21 hours ago