निर्देशक घिसिङलाई ‘नाष्ट प्रविधि पुरस्कार’बाट सम्मानित

  • प्रकाशित मिति : Tue-10-Dec-2019
  • - Admin
title

काठमाण्डौ, मंसिर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलार्ई ‘नाष्ट प्रविधि पुरस्कार’बाट सम्मान गरीएको छ । 
विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्याए वापत कार्यकारी निर्देशक घिसिङलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’ बाट सम्मानित गरीएको हो । उक्त पुरस्कारको राशी एक लाख रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।
 
नाष्टको ३७ औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले  घिसिङलाई पुरस्कार प्रदान गरेका हुन् ।
 
नाष्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका वैज्ञानिक प्राविधिहरुको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ । नाष्टले आफ्नौ ३७औं वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न विधाका पुरस्कार पनि प्रदान गरेको थियो ।
 
नाष्टका प्राज्ञ प्राध्यापक डाक्टर जनार्दन लामिछानको पुरस्कार मुल्याङकन एवं छनोट समितिले कार्यकारी निर्देशक घिसिङलाई ‘नाष्ट प्रविधि पुरस्कार’ प्रदान गर्न सिफारिस गरेको हो ।
 
 २०७३ को भदौमा ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका घिसिङले कुशल व्यवस्थापन मार्फत मुलुकले बेहोरिरहेको लोडसेडिङको अन्त्य गरेका थिए । त्यस्तै उनले विद्युत चुहावट नियन्त्रण मार्फत प्राधिकरणलाई नाफामा लैजान सफल भएका छन् ।
 

प्रतिक्रिया