विद्युत प्रसारण लाईन अन्डरग्राउण्ड आजको आवश्यकता

  • प्रकाशित मिति : Wed-11-Dec-2019
  • - राकेश खड्गी
title

 
विश्वका अधिकांश विकासोन्मुख राष्ट्रहरुमा विद्युतको प्रसारण काठ लगायत फलामका पोलमा केबुल झुन्ड्याएर प्रसारण गरिने परिपाटी रहेको छ । तर विकसित राष्ट्रहरुमा भने विद्युत प्रसारणका केबुलहरु भुमिगत तरिकाले केबुल लगेर प्रसारण गरिने परिपाटी रहेको छ । यसरी भुमिगत तरिकाले विद्युत प्रसारण गर्न बढि खर्चिलो हुने कारणले हो अथवा अन्य कुनै कारणले विकासोन्मुख राष्ट्रहरुमा पोलमा केबुल झुन्ड्याएर विद्युत प्रसारण गरेको पाईन्छ । 
 
यस्तै नेपालमा पनि यसरी नै केबुलहरु पोलमा झुन्ड्याएर प्रसारण गरी रहेको सर्वविदितै छ । त्यस्तै नेपाल भारत देशका अन्तरदेशीय प्रसारण लाईनहरु पनि भुमिगत नभई रडका पोल बाट प्रसारण भईरहेको छ  । यसरी पोलबाट विद्युत प्रसारण हुनाले विभिन्न समयमा अलोकप्रीय घट्नाका साथै मानिसको ज्यानै समेत गएका थुप्रै घटनाहरु रहेको छ भने कतिपयले विद्युत प्रसारण गरी राखेको हाईटेन्सन , ट्रान्सर्फरमरका कारणले त्यहाँ वरपर रहेको बस्ती नै जोखिममा रहेको पाईन्छ । यसरी हाईटेन्सन वरपर रहेको स्थानमा घर खेत सम्म खरिद बिक्रीमा मुस्किल रहेका घट्नाहरु धैरै सुन्न पाईन्छ  भने खम्बा÷पोल नजिकैको घरहरुमा चोर लाग्ने समस्या पनि रहेको हामीले सुन्दै आएका छौँ ।
 
 नेपालजस्तो विकासोन्मुख राष्ट्रहरुमा विद्युतीय तार मात्र नभई टेलिफोन , टिभी केबुल , इन्टरनेट लगायत अन्य थुप्रै विद्युतीय सेवा प्रदायक कम्पनीहरुको केबुल विद्युत प्राधिकरणकै पोलहरुमा टाँगेर ग्राहक तथा सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । तर सबै विद्युतीय सेवा प्रदायक कम्पनीहरुले यसरी खम्बाबाट प्रसारण गर्नाले खम्बाहरुमा केबुल टारको चाङग लाग्नुका साथै त्यस स्थानको दृश्य समेत कुरुप हुने गर्दछ । विभिन्न समयमा खम्बाहरुको तार एकआपसमा जुधेर सर्ट भएका र त्यसले विभिन्न प्रकारका जनधनको क्षति गरेको समाचारहरु हामीले सुन्दै आएका छौँ। यहाँ हामीले जोड्न खोजेका कुरा के हो भने विभिन्न विद्युतीय एवं सञ्चार प्रदायक कम्पनीहरुले सस्तो र छिटो काम सकाउनका लागि विद्युत प्राधिकरणले प्रसारण गर्ने खम्बाबाटै सेवा प्रदान गर्दै आईरहेको छ तर तिनिहरुका सेवाग्राहीहरुको प्रसारणमा अवरोध हुने क्रममा मर्मत सम्भार गर्न आउँदा नयाँ केबुल राख्दा पुराना केबुलहरु त्यतिकै अलपत्र अवस्थामा छाडेर गएको देख्न सकिन्छ जसले गर्दा जोखिमको खतरा झन् बढाई रहेको छ ।  निश्चित मापडण्ड , नियन्त्रण र अनुगमन तथा आपसी समन्वय नहुँदा लापर्वाहीको पराकाष्ठ नाघेको छ । काठमाण्डौ , ललितपुर ,भक्तपुर लगायत देशका विभिन्न साँस्कृतिक सम्पदा धरोहर वरपर अव्यवस्थित केबुल तारहरु राख्नाले त्यहाँको दृश्यहरु दिन प्रतिदिन दुषित बन्दै गई राखेको छ भने विदेशबाट हाम्रो संस्कृति सम्पदा तथा धरोहर अवलोकन गर्न आउने विदेशी पाउनाहरु यहाँको दृश्य आनो क्यामरामा सुन्दर तरिकाले कैद गर्न नपाएकोले निराश भएर फर्कनु पर्ने अवस्था आईरहेको छ  । 
 
नेपालको मुख्य आम्दानीको स्रोत मध्ये पर्यटन क्षेत्र एक हो  । यसरी विदेशी पाहुनाहरु नेपालमा यत्रतत्र अव्यवस्थित रुपमा छरिएर रहेका तारहरुबाट निराश भई आनो देश फर्कदा नेपालका बारेमा कसरी वर्णन गर्ला ,त्यसबाट नेपालको पर्यटन क्षेत्रमा भोलीका दिनमा के कस्तो अवस्था सिर्जना होला सम्बन्धित निकायले त्यस तर्फ बेलैमा ध्यान पु¥याउन आवश्यक देखिन्छ । केहि समय अघि नेपाल विद्युत प्राधिकरणले राजधानीका केही भागहरुमा भूमिगत तरिकाबाट केबुलतारहरु लगेर विद्युत प्रसारण गर्ने योजना अघि सारेको छ जुन एकदम सह्रानीय विषय  रहेको छ । ढिलै भएपनि यस प्रकारको निर्णय हुनु स्वागत योग्य छ । तर यस प्रकारका योजना तथा निर्णयहरु यस भन्दा अघि पनि थुप्रै बनिसकेको योजना र निर्णयहरु कागजमा मात्र सीमित रहेको थुप्रै उदाहरण रहेको पाइन्छ , आशा गरौँ यसपाली नेपाल विद्युत प्राधिकरणले थालनी गरेको यस योजना कागजमा मात्र सीमित नरही व्यवहारमा नैै उत्रन्छ र यसले राजधानीको केहि भाग मात्र नभई चाँडो भन्दा चाँडो विश्वसम्पदा स्थल वरपर र समयानुकुल पुरै देश भरिनै भूमिगत रुपमा विद्युत प्रसारण गर्न सकोस । यसरी भुमिगत रुपमा विद्युत प्रसारण गर्दा त्यस वरपरको खुला र सुन्दर दृष्य देखिनुको साथै आगलागी जस्ता जोखिमहरुबाट बच्न धेरै मद्धत पुग्दछ र जस्ले गर्दा पर्यटक वृद्धि हुनुका साथै सकारात्मक सन्देश समेत प्रवाह हुन्छ  । 
 
अनुसार भूमिगत रुपमा केबुल प्रसारण गर्न आर्थिक रुपमा अलि महंगो, जटिल र झन्झटिलो रहन्छ तर सरकारका दुर्गामी सोच ,योजना ,कर्मचारीमा इमान्दारिता र  सहि नेतृत्वले योजनालाई व्यवहारमा उतार्यो भने यी सबै असम्भव भने छैन  । यस प्रकारका विकासका आयोजनाहरु सञ्चालन गर्दा विभिन्न दातृ देश तथा दातृनिकायबाट साथ  सहयोग अथवा ऋण लिएर अगाडि बढ्न सकिन्छ वा विद्युत प्राधिकरणले एउटा छुट्टै कोष बनाएर उपभोक्ताहरुसँग विद्युतीय महशुल लिँदा पनि केहि प्रतिशत रकम संकलन गर्न सकिन्छ । जसले गर्दा चाँडो भन्दा चाँडो नेपालका विद्युतीय केबुल भुमिगत रुपमा प्रसारण गर्न मद्धत पुग्दछ ।
विद्युत प्राधिकरणले यसरी भुमिगतरुपमा विद्युत प्रसारण गर्दा सडकसँग सम्बन्धित विभिन्न निकायहरुसँग पनि समयमा नै समन्वय गर्नुपर्ने देखिन्छ । जस्तै भूमिगतरुपमा खानेपानीको पाईप लाईन ,ढल र विभिन्न स्थानको टेलिफोन लाईन प्रसारण भईरहेको छ । यस प्रकारका प्रसारण भईरहेको लाईन र सडक विभाग बीच राम्रो समन्वय नभएको कारणले कैयौँ पटक सडकमा खाल्डो खन्ने र पुर्ने काम मात्र भईरहेको छ जसले गर्दा सडकको स्तरोन्नति हुन सकेको छैन भने वातावरण समेत दुषित भईरहेको छ जसले गर्दा नेपाल झन् पछि परिरहेको छ  । 
 
त्यसैले अब विद्युत प्राधिकरणको केबुल सँगसँगै अन्य विद्युतीय सञ्चार प्रदायक, इन्टरनेट ,टेलिफोन, टेलिभिजनको केबुललाई पनि व्यवस्थित रुपमा प्रसारण गर्न आजको मितिमा अति आवश्यक भईसकेको छ । यस प्रकारका  संस्थाहरुलाई पनि आवश्यक रुपमा समन्वय र योजना बनाई वायरलेस  प्रवृत्ति मार्फत प्रसारण गर्न सकिने तर्फ ध्यान पु¥याउनु पर्ने देखिन्छ । जसले गर्दा थुप्रो केबलको तारले अव्यवस्थित र प्रदुषित बनिरहेका दृश्य सुन्दर , सफा देखिने छ र जोखिमबाट पनि मुक्त भई ढुक्कका साथ पैदल यात्रीहरु हिँडडुल गर्न सकिन्छ । 

प्रतिक्रिया