भर्खरै

पर्यटकीय गन्तव्यको रुपमा रहेको रारा तालमा टेलिकमको फोरजी सेवा

  • प्रकाशित मिति : Wed-11-Dec-2019
  • - Admin
title

 
 
काठमाण्डौं,मंसिर । नेपाल टेलिकमले मुगु जिल्लाको दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा सुरु भएको छ । टेलिकमको तीव्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने यो सेवाको सञ्चालन रारा ताल क्षेत्रमा मंसिर १९ देखि शुरु भएको हो ।
 
कर्णाली अञ्चलका ५ जिल्लामध्ये मुगुको रारा तालमा पर्यटक, स्थानीय वासिन्दा र व्यवसायीको सुविधालाई ध्यानमा राखी पहिलोपटक फोरजी सेवा प्रदान गरेको टेलिकमले जनाएको छ । यो सेवाको शुरुवात सँगै स्थानीय व्यवसायी र वासिन्दालाई उच्च गतिको डाटा सेवा प्रयोग गरी व्यवसाय प्रवद्र्धन तथा प्रचार गर्न सहज भएको छ ।
 
त्यस क्षेत्रमा जाने पर्यटकले त्यहाँका दृश्य तथा गतिविधिहरु कम्पनीको फोरजी नेटवर्क प्रयोग गरी तत्काल प्रत्यक्ष प्रसारण समेत गर्न सक्नेछन् । समुद्री सतहभन्दा २९७२ मिटर उचाइमा रहेको यस तालमा वार्षिक ६० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको भ्रमण हुने गरेको छ । पर्यटकीय मौसममा पर्यटकका टेन्ट र फायर क्याम्पिङले भरिने मिलिचौर, नेपाली सेनाको श्रीदल गण क्षेत्र तथा स्थानीय व्यवसायीहरु फोरजी सेवाबाट लाभान्वित हुनेछन् ।

प्रतिक्रिया