रुपन्देही विद्युतीय व्यवसायी संघको वनभोज हुँदै
- प्रकाशित मिति : Wed-11-Dec-2019
- - Admin

बुटवल, मंसिर । रुपन्देही विद्युतीय व्यवसायी संघको आयोजनामा बनभोज कार्यक्रम हुने भएको छ । विद्युतीय व्यवसायीहरुको हकहितका लागि कार्य गर्दै आएको संघको पाँचौ वार्षिक वनभोज कार्यक्रम पुस ५ गते हुने भएको हो ।
वनभोज कार्यक्रममा जिल्ला संघमा आवद्ध विद्युतीय व्यवसायीहरुको सक्रिय सहभागी हुने अपेक्षा गरीएको संघका अध्यक्ष प्रकाश चन्द्र पाण्डेयले जानकारी दिए । वनभोज कार्यक्रम बुटबल स्थित जवाई पार्कमा हुने भएको हो ।
बुटवल नगर समितिको साधारण सभा तथा अधिवेशन
रुपन्देही विद्युतीय व्यवसायी संघ अन्र्तगत बुटवल नगर समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन हुने भएको छ । समितिको साधारण सभा तथा अधिवेशन यहि मंसिर २८ गते द एप्पल होटल बुटवलमा शनिबार हुने भएको हो ।