भर्खरै

माथिल्लो भोटेकोशीबाट विद्युत उत्पादन शुरु

  • प्रकाशित मिति : Wed-11-Dec-2019
  • - Admin
title

 
काठमाण्डौ, मंसिर ।  ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाबाट परिक्षण उत्पादन शुरु भएको छ । प्राकृतिक प्रकोपबाट करिव ६ वर्षदेखि बन्द रहेको निजी क्षेत्रबाट सञ्चालित सो आयोजनाको परीक्षण उत्पादन सुरु भएको हो ।
 
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत तातोपानीमा बाँधस्थल र फुल्पिङकट्टी झिर्पुमा विद्युतगृह रहेको आयोजनाबाट परिक्षण उत्पादन गरिए पनि आगामी १५ दिनपछि व्यापारिक उत्पादन गरिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले बताए । 
नदीमा पानीको बहाव कम भएका कारण दुबै युनिट सञ्चालनमा ल्याइए पनि दैनिक २२ देखि २५ मेगावाट मात्र विद्युत उत्पादन भएको छ । उक्त आयोजनाको पुनःनिर्माणका लागि २ वर्षअघि ७ अर्बमा चिनियाँ कम्पनी सिनो हाइड्रो ब्युरो ११ सँग सन् २०१९ को डिसेम्बरसम्म सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो ।
 
 सो आयोजनालाई २०७१ साउन १७ गतेको जुरे पहिरोले प्रसारण लाइनका केही टावरमा क्षति पुगेपछि ४ महिनासम्म बन्द भएको थियो र मर्मतपछि पुनःसञ्चालनमा आएलगत्तै २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पनले क्षति पुर्याएपछि मर्मत कार्य हुँदै गर्दा २०७३ असार २१ गते आएको भोटेकोशी बाढीले तहसनहस पारेको थियो । २०७४ मा पुननिर्माणको काम शुरु भएको हो । गत असार तेस्रो साता चाकुखोलामा आएको बाढीले पनि आयोजनाको प्रसारण लाइनको पाँच वटा टावरलाई क्षति पु¥याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 23 hours ago