भर्खरै

पारामाउन्टको नयाँ इलेक्ट्रिक गाडी बजारमा, यस्ता छन् इलेक्ट्रिक गाडीका विशेषता

  • प्रकाशित मिति : Fri-13-Dec-2019
  • -
title
काठमाण्डौं,मंसिर । नेपालको लागि एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रा.लि.ले नयाँ इलेक्ट्रिक गाडी बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो नक्सालस्थित शोरुममा एमजीको एक्सयूभी एमजी जेडएस सार्वजनिक गरेको हो ।
 
कम्पनीको नक्साल शोरुममा बिहिबार आयोजित कार्यक्रममा कम्पनीले यही हप्ताभित्र ४० जना ग्राहकहरुलाई एमजी जेडएस इभी हस्तान्तरण गरिसकेको जनाएको छ । एमजी जेडएस इभीले यो भेरियन्टका लागि जुलाईमा प्रिबुकिङ्ग खुलाएको थियो जसमा नेपालमा १५० भन्दा बढि बुकिङ्ग भइसकेको कम्पनीको दावी छ । उच्च ग्राउण्ड क्लियरेन्स भएको यो गाडीको मूल्य ५० लाख रुपियाँ रहेको छ ।
 
विद्युतीय एक्सयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एनएम अधिकतम् टर्क दिने र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने जनाइएको छ । यसलाई एक पटक चार्ज गरिसकेपछि ४२८ किलोमिटरसम्मको माइलेज दिने र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको पारामाउन्ट मोटर्सले जनाएको छ ।  
पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले भने, ‘हाम्री नयाँ विद्युतीय एसयुभी एमजी जेडएस इभी नेपालमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं ।’ उनले थपे ‘एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्नेछ भन्ने आशा राखेका छौं ।’
 
कम्पनीले अन्य ६६ थान गाडीहरु जनवरी २०२० को पहिलो हप्ताभित्रै ग्राहकहलाई हस्तान्तरण गर्ने र हरेक महिना वितरण गर्ने म्यानेजर अर्यालले जानकारी दिए ।
 
एमजी, मोरिस ग्यारेज ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड हो जसको युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको कम्पनीले जनाएको छ । यसका उत्पादनहरु विश्वका ६० मुलुकमा बिक्री हुँदै आएको कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago