चितवनमा मोबाइल पत्रकारिता तालीम शुरु
- प्रकाशित मिति : Fri-13-Dec-2019
- - Admin

काठमाण्डौ,मंसिर । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज देखि दुई दिने मोबाइल पत्रकारिता तालीम शुरु गरेको छ । महासंघले आफ्नै आन्तरिक स्रोतबाट तालीमको आयोजना गरेको हो ।
तालीमको उद्घाटन गर्दै महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारितामा नयाँ प्रयोग गर्न यस खालका तालीम आयोजना गरिएको जानकारी दिए । मोबाइललाई अधिकतम प्रयोग गरी सहज रुपमा समाचार लेखन र सम्पादन गर्न तालीम उपयोगी हुनेछ । तस्बीर र भिडियो खिच्न एवं अडियो रेकर्डमा मोबाइलको प्रयोग कसरी गर्ने भन्ने विषयमा तालीम केन्द्रित हुने खतिवडाले बताए ।
तालीमको प्रशिक्षकका रुपमा खोज पत्रकारिता केन्द्रका रामु सापकोटा रहेका छन् । तालीममा जिल्लाका ३२ जना पत्रकार सहभागी भएका छन् ।