भर्खरै

तिलत्तोमा नगर समितिको साधारण सभा तथा अधिवेशन सम्पन्न

  • प्रकाशित मिति : Sun-15-Dec-2019
  • - Admin
title

 बुटवल, मंसिर । रुपन्देही विद्युतीय व्यवसायी संघ अन्र्तगत तिलत्तोमा नगर समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । समितिको साधारण सभा तथा अधिवेशन आज सम्पन्न भएको हो ।
 
कार्यक्रममा नगर समितिको अध्यक्ष पदमा उपेन्द्र अधिकारी सहित ७ सदस्यि नयाँ कार्यसमिति चयन भएको हो ।
कार्यक्रममा रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष प्रकाश चन्द्र पाण्डेयले जिल्ला संघ अन्र्तगतका नगरसमितिमा सदस्य विस्तार कार्य लाई प्राथमिकता दिने बताए । त्यस्तै विद्युत व्यवसायीहरुलाई गुणस्तरीय विद्युतीय सामग्री विक्रि विरणका लागि समेत उनले आग्रह गरेका थिए । कार्यक्रममा विशिष्ठ अथिति संघका पूर्व अध्यक्ष अनन्तमान थैव, तिलत्तोमा व्यापार संघका अध्यक्ष झेपन्द्रप प्रसाद कँडेलको उपस्थिति रहेको थियो । 
 
  त्यस्तै रुपन्देही विद्युतीय व्यवसायी संघ अन्र्तगत  बुटवल नगर समिति र देवदह नगरसमितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । बुटवल समितिको साधारण सभा तथा अधिवेशन मंसिर २८ गते शनिबार  द एप्पल होटल बुटवलमा सम्पन्न भएको हो । कार्यक्रममा नगर समितिको अध्यक्ष पदमा अनिल कुँवर सहित ७ सदस्यि नयाँ कार्यसमितिको चयन भएको छ । त्यस्तै देवदह नगर समितिको साधारण सभा तथा अधिवेशन मंसिर १४ गते बुटवलमा भएको हो । नगर समितिको अधिवेशनबाट अध्यक्ष पदमा राजु खरेल सहित ७ सदस्यि नयाँ कार्य समितिको चयन भएको हो ।  
  

प्रतिक्रिया