भर्खरै

मोरङ्ग इलेक्ट्रिक संघको पदस्थापन

  • प्रकाशित मिति : Mon-16-Dec-2019
  • - Admin
title
 
विराटनगर,  मंसिर । मोरङ्ग इलेक्ट्रिक संघको पाँचौ अधिवेशनबाट नवनिर्वाचित नयाँ कार्यसमितिको पदस्थापन भएको छ । संघका निवर्तमान  कार्यसमितिका अध्यक्ष सान्तुन रेग्मीले अध्यक्ष नविन कुमार अग्रवाललाई चावि हस्तान्तरण गर्दै शुक्रबार पदस्थापन गराएका हुन् । 
 
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष उकेश अग्रवाल, द्धितिय उपाध्यक्ष कैलाश विश्वास, महासचिव रघुवेन्द्र अग्रवाल, सचिव अच्युत गौतम, कोषाध्यक्ष ज्ञानराज निरौला रहेका छन् । त्यस्तै सदस्यहरुमा राजन घिमिरे, अविन पोख्रेल, विमल बुढाथोकी, गौरव वंग, नविन खनाल, राकेश कुमार सिंह, साहिल अग्रवाल, विनिता दाहाल र वासुदेव घिमिरे निर्विरोध निर्वाचित भएका थिए । 
 
निर्वाचित कार्यसमितिका पदाधिकारीलाई निर्वाचन समितिका संयोजक विश्वराम भट्टराईले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा प्रमुख अथिति नेपाली कांग्रेस प्रदेश नम्बर १ का प्रदेश संसदिय दलका प्रमुख सचेत केदार कार्कि, विराट व्यापार संघका अध्यक्ष सुजन थापा, नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष भीमलाल श्रेष्ठ, नेपाल विद्युतीय व्यवसायी महासंघ प्रदेश १ समितिका अध्यक्ष शंकर पोखरेल, नेपाल पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेल, दमक विद्युतीय व्यवसायी संघका दीपक प्रसाद बरालले नयाँ कार्यसमितिलाई बधाई एवं सफलताको शुभकामना दिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago