कालंगागाड आयोजनाको ७६ प्रतिशत निर्माण कार्य सम्पन्न

  • प्रकाशित मिति : Wed-18-Dec-2019
  • - Admin
title

 
 काठमाण्डौ, पौष । बझाङमा  निर्माणाधीन १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कालंगा हाइड्रो कम्पनीले निर्माण गरिरहेको सो आयोजाको हाल सम्म ७६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको हो । 
आयोजनाका संयोजक सुनिल रेग्मीले बालुवा थिग्राउने पोखरी बाहेक बाँध क्षेत्रका संरचनाको काम सकिएको बताए । उनका अनुसार मुख्य सुरुङ  ८६ प्रतिशत सकिएको छ । ३ हजार ६ सय ५० मिटर लामो सुरुङ ३ हजार १ सय ५० मिटर खनिएको छ  बाँकी सुरुङ चैत्रभित्र सम्पन्न गरिने उनले बताए ।
 त्यस्तै आयोजनाको ४ सय मिटर लामो पेनस्टक पाइप राख्न सुरु गरिएको छ । यसअघि नै सम्पन्न भएको १ सय ९० मिटर पेनस्टक सुरुङभित्र पनि पाइप राखिने उनले बताए । 
 
विद्युतगृहको ७० प्रतिशत निर्माण पूरा भईसकेको छ । विद्युतगृहमा पुस दोस्रो सातादेखि इलेक्ट्रोमेकानिकल उपकरण जडान सुरु गर्ने तयारी भइरहेको छ । आयोजनाबाट २०७७ साउन मसान्तदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । 
 आयोजना सम्पन्न हुँदा सम्म ३ अर्ब ३ करोड रुपैयाँ लागत लाग्ने भएको छ । एनएमवी बैंकको अगुवाइमा आयोजनामा ६ बैंकले लगानी गरेका छन् । बैंकले कूल लागतको ७५ प्रतिशत ऋण लगानी गरेका छन् । २५ प्रतिशत स्वपुँजी लगानी छ । आयोजनाले उत्पादन गर्ने विद्युत १३२ र ३३ केभी बलाँच सबस्टेसनमा जोडिनेछ । 

प्रतिक्रिया