भर्खरै

पर्वतमा चार हजार काठे पोल विस्थापन गरिने

  • प्रकाशित मिति : Wed-18-Dec-2019
  • - Admin
title

 
 
 पर्वत,मंसिर । पर्वतमा चालू आर्थिक वर्ष भित्र  चार हजार काठे पोल विस्थापन गरिने भएको छ । हाल जिल्लामा  प्रयोग भएका करिब चार हजार काठे पोल  विस्थापन गरी स्टिलको पोल राखिने भएको हो ।
 
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका केन्द्र प्रमुख ललितनारायण चौधरीले आगामी असार मसान्तसम्म सबै काठे  पोल हटाउने लक्ष्य राखिएको बताए ।  काठे पोल विस्थापनका लागि कार्यालयका तर्फबाट काम अघि बढिसकेको  उनले बताए । गत आवमा प्राधिकरणले एक हजार १०० काठे पोल विस्थापन गरी स्टिलका पोल राखेको थियो । ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरणका लागि चालू आर्थिक वर्षमा रु दुई करोड प्राप्त भएको उनले बताए । 
 
चालू आवमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले काठेपोल प्रतिस्थापन कार्यक्रम अन्तर्गत मन्त्रालयबाट उक्त रकम विनियोजन गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । 
माग अनुसारका सबै स्थानीय तहलाई उक्त पोल वितरण गरिने कार्यालयका प्रमुख दलबहादुर तामाङले बताए । त्यसका लागि बोलपत्र प्रक्रियामा जाने तयारी भइरहेको उनले जानकारी दिए  । 

प्रतिक्रिया