भर्खरै

पहिलोपटक फाइबरबाट फोन र इन्टरनेट

  • प्रकाशित मिति : Thu-19-Dec-2019
  • - Admin
title

 
बागलुङ्ग, पुस । नेपाल टेलिकमले फाइबर प्रविधिबाट चार जिल्लामा एकसाथ फोन र इन्टरनेट सेवा शुरुआत गरेको छ । पहिलोपटक टेलिकमले  बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा बुधबारदेखि सेवा थालनी गरेको हो । 
 
यसअघि बागलुङ सदरमुकाममा मात्र फाइबर प्रविधिको इन्टरनेट सेवा उपलब्ध रहेको थियो । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले म्याग्दीको गलेश्वरमा बुधबार सो सेवाको शुभारम्भ गर्दै इन्टरनेट र भ्वाइस सेवा एकसाथ शुरुआत भएको जानकारी दिनुभयो । 
 
उहाँले भन्नुभयो, “ग्राहकको पुरानै टेलिफोन नम्बरमा फाइबर प्रविधिबाट सेवा उपलब्ध गराएका छौँ ।” पहिलो चरणमा गलेश्वरका ६० जना ग्राहकले फाइबर जडान गरेका छन् । टेलिकमले १२८ जनालाई पुग्ने गरी तार र प्रणाली तयार गरेको छ । 
 
गलेश्वरपछि सदरमुकाम बेनी बजारमा फाइबर सेवा विस्तार गरिनेछ । पुरानो प्रविधिका फोन र इन्टरनेटलाई विस्तारै नयाँमा रुपान्तरण गर्दै लाने प्रमुख शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी बजारमा दुई हजार ५६० जना ग्राहककोमा फाइबर पु¥याउने काम जारी रहेको छ । बेनीको टेलिकम कार्यालयमा रहेको ‘अप्टिकल लाइन टर्मिनल’बाट गलेश्वरमा फाइबरको तार लगिएको छ । 
 
गलेश्वरबाट पुरानो तामाको तारको प्रविधि पूर्णरुपमा विस्थापन भएको टेलिकम म्याग्दी कार्यालयका प्रमुख विष्णुदेव शाहले बताउनुभयो । स्थानीय बासिन्दा फाइबारको एउटै तारबाट फोन र इन्टरनेट सेवा पाउँदा खुशी छन् । 
 
फाइबर प्रविधिबाट ग्राहकले भरपर्दो, स्तरीय र तीव्र गतिको ‘भ्वाइस’ तथा ‘इन्टरनेट’ सेवा पाउने उहाँले जानकारी दिनुभयो । “तामाको तार हुँदा इन्टरनेटको गति जम्मा पाँच एमबिपिएस थियो, अब न्यूनतम आठ एमबिपिएसदेखि ५५ एमबिपिएससम्मको सेवा ग्राहकले पाउनुहुनेछ”, उहाँले भन्नुभयो ।
 
बागलुङ बजारका एक हजार ८५० भन्दाबढी ग्राहकले अहिले फाइबर प्रविधिबाट इन्टरनेट सेवा लिइरहेका छन् । बागलुङ सदरमुकाममा मात्र पाँच हजार २५० जना ग्राहककामा फाइबर जडान गर्ने लक्ष्य छ । यस्तै पर्वत सदरमुकाम कुश्मामा दुई हजार ५६० र मुस्ताङ सदरमुकाम जोमसोममा एक हजार २४ ग्राहकलाई सेवा दिने गरी फाइबर बिछयाउने काम भइरहेको टेलिकमले जनाएको छ ।  रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

तल्लो मोदीको उत्पादन तीन सातादेखि ठप्प

पर्वत, असोज । यहाँ सञ्चालित १० मेगावा 27 minutes ago

विद्युत् आपूर्तिको दीर्घकालीन समाधान खोज्न अदालतको आदेश

कर्णाली, असोज । उच्च अदालत सुर्खेतले 44 minutes ago

सिँचाइका लागि प्रभावकारी बन्दै जलाशय

तुलसीपुर ७ असोज । दाङको ५६ हजार हेक्ट 20 hours ago

सैनामैनामा विद्युत् सब–स्टेसन शिलान्यास

रूपन्देही/सैनामैना– रूपन्देहीको स 1 day ago