भर्खरै

पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा हावाबाट विद्युत् सेवा शुरु

  • प्रकाशित मिति : Wed-25-Dec-2019
  • - रासस
title

पाल्पा,पुस । पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ  । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपालको रु एक करोड ८० लाख र गाउँपालिकाको रु ४२ लाख १३ हजार ८०० को लागतमा हावाबाट बिजुली निकालिएको हो । 
 
हावाबाट १५ किलोवाट र वायु तथा सौर्य ऊर्जा हाइब्रिड प्रणालीमार्फत १० किलोवाट गरी २५ किलोवाट क्षमताको बिजुली निकालिएको उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारी मगरले जानकारी दिए ।
करिब साढे दुई वर्षअघिदेखि शुरु भएको आयोजना अहिले सम्पन्न भएर घरघरमा बिजुली बत्ती बल्न थालेपछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।
 
गाउँपालिकाको झ्याल्टुङ्ग, मौलाथर, रुप्सेभन्ज्याङ, काफल, गाउँपालिकाको कार्यालय, वडा कार्यालय, प्रहरी चौकी, गौरीशङ्कर मावि, मित्याल आधारभूत विद्यालय र मौलादेवी आधारभूत विद्यालयमा बिजुली बत्ती उपयोग भएको छ । 
 विद्यालयका कामकाज गर्न विद्युत् सेवा पुगेपछि सजिलो भएको गौरीशङ्कर माविका प्रधानाध्यापक केशबहादुर सुनारी बताउनुहुन्छ । कृष्ण ग्रिल एण्ड इञ्जिनीयरिङ वर्क प्रालि विराटनगरमार्फत यहाँ विद्युत् उत्पादन गरिएको हो । उनका अनुसार यस आयोजनाबाट यहाँका करीब ८०० जनसंख्या लाभान्वित हुनेछन् ।
 
बिहान ४ बजेदेखि ७ बजेसम्म र १० बजेदेखि राति ११ बजेसम्म विद्युत् लाइन सञ्चालन गरिएको छ । मित्यालको रुक्सेभन्ज्याङ डाँडामा दुई पङ्खा घुमाएर विद्युत् सेवा दिइएको छ । यसअघि निस्दी गाउँपालिकाको एउटा वडामा हावाबाट निकालिएको बिजुली प्रयोगमा ल्याइएको थियो । थप सेवा विस्तार गर्न दोस्रोपटक बिजुली उत्पादन गरी स्थानीयवासीलाई सुविधा दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

तल्लो मोदीको उत्पादन तीन सातादेखि ठप्प

पर्वत, असोज । यहाँ सञ्चालित १० मेगावा 7 minutes ago

विद्युत् आपूर्तिको दीर्घकालीन समाधान खोज्न अदालतको आदेश

कर्णाली, असोज । उच्च अदालत सुर्खेतले 24 minutes ago

सिँचाइका लागि प्रभावकारी बन्दै जलाशय

तुलसीपुर ७ असोज । दाङको ५६ हजार हेक्ट 20 hours ago

सैनामैनामा विद्युत् सब–स्टेसन शिलान्यास

रूपन्देही/सैनामैना– रूपन्देहीको स 1 day ago