भर्खरै

नेपाल इलेक्ट्रिसियन संघको साधारण सभा एवं अधिवेशनको सम्पन्न

  • प्रकाशित मिति : Sun-22-Dec-2019
  • - Admin
title

 
काठमाण्डौ, पुस । नेपाल इलेक्ट्रिसियन संघको १० औँ साधारण सभा एवं पाँचौँ अधिवेशन सम्पन्न भएको छ । संघको साधारण सभा एवं अधिवेशन यहि  पुस ५ गते बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजी कलेजमा समपन्न भएको हो । 
 
कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन पौड्यलले विद्युतीय व्यावसायी र इलेक्ट्रिसियनहरु एक सिक्का दुई पाटा रहेको बताए । व्यावसायीक क्षेत्रमा आएका जति पनि विद्युतीय सामग्रीहरु छन् ति सामग्री उपभोक्ता सम्म इलेक्ट्रिसियनहरु मार्फत नै जाने हुँदा इलेक्ट्रिसियनहरुले गुणस्तरीय विद्युतीय सामग्री उपभोक्ता सम्म पुर्याउन आग्रह गरे । त्यस्तै इलेक्ट्रिसियनहरुलाई सरल र सहज ढंगबाट समय समपेक्ष तालिम प्रदान गर्नु पर्ने, इलेक्ट्रिसियनलाई प्रमाण पत्रको व्यवस्था गर्नु पर्ने, घर तथा भवनको विद्युतीय नक्शाङ्कन गर्नु पर्ने उनले बताए । विद्युतीय व्यवसायीहरु गुणस्तरीय सामग्री दिदै आएको पनि अध्यक्ष पौड्यालले बताए ।  त्यस्तै विद्युतीय सामग्रीको गुणस्तर कायम गर्न  सरकारले टेस्ट ल्यावको व्यवस्था गर्नु पर्ने उनले बताए । 
कार्यक्रममा नेपाल इलेक्ट्रिसियन संघका निर्वतमान अध्यक्ष भीमलाल श्रेष्ठले इलेक्ट्रिसियनहरुको हक हितका लागि निरन्तर लागि पर्ने बताए । उनले नेपाल विद्युत प्राधिकरणले सिटीईभीटीबाट तह पास गरिएका प्राविधिकहरुले लोकसेवा परीक्षा दिन नपाउने घोषणा गरेको छ, यो निर्णयले इलेक्ट्रिसियनहरुलाई हतोत्साहित गर्ने हुँदा यो  निर्णय तत्काल फिर्ता गर्नु पर्ने बताए । त्यस्तै इलेक्ट्रिसियनहरुलाई स्थानिय तहमा समावेश गराउनु पर्ने पनि उनले बताए । 
कार्यक्रममा संघका संस्थापक अध्यक्ष प्रेम निधि कँडेलले स्थापना देखि नै इलेक्ट्रिसियनहरुको हक हितका लागि कार्य गर्दै आएको हुँदा आगामी दिनमा पनि सहयोग गर्दै जाने उनले बताए । उनले इलेक्ट्रिसियनहरुको प्रतिष्ठा समाजमा जुन रुपमा पुग्नु पर्ने हो सो नभएको प्रति असनुष्टि समेत व्यक्त गरेका थिए । सरकारले इलेक्ट्रिसियनहरुको मागको सम्बोधन नगरेको प्रति असन्तुष्टि जनाउँदै उनले भने “इलेक्ट्रिसियनको हक हितका लागि धर्ना बस्न पनि तयार छु ।” इलेक्ट्रिसियनहरुको साझा उदेश्य प्राप्तिका लागि एकजुट हुनु पर्ने पनि उनले बताए ।  
सोसाइटी अफ इलेक्ट्रिक इन्जिनियर्स नेपालका अध्यक्ष दिलिरत्न शाक्यले इलेक्ट्रिसियनहरुलाई समय सापेक्ष तालिम दिनु पर्ने र इलेक्ट्रिसियनले काम गर्ने समयमा सुरक्षा सामग्री लगाउनु पर्ने बताए । 
कार्यक्रममा गोरखा इलेक्ट्रिसियन संघका अध्यक्ष राज कुमार श्रेष्ठले इलेक्ट्रिसियनहरुको बीमाको व्यवस्था  हुनु पर्ने, इलेक्ट्रिसियनमा महिलाको सहभागिता हुनु पर्ने बताए ।
 त्यस्तै आविष्कार इलेक्ट्रिसियन संघ दाङका सचिव थमन भण्डारीले इलेक्ट्रिसियनहरुको हितका लागि आवश्यक पहल गर्दै जाने बताए । त्यस्तै राप्ति इलेक्ट्रिसियन संघका अध्यक्ष तुल्सीराम पन्थिले इलेक्ट्रिसीनहरुको समस्या समाधानका लागि आवश्यक समपूर्ण सहयोग गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । 
 
 
संघमा दाहालको नयाँ नेतृत्व 

नेपाल इलेक्ट्रिसियन संघमा अध्यक्ष पदमा प्रकाश कुमार दाहाल नयाँ नेतृत्व कायम भएको छ । संघको पाँचौ अधिवेशनमा सर्वसम्मतिले अध्यक्ष पदमा दाहाल सहित १८ जनाको नयाँ कार्यसमिति निर्वाचित भएका हुन् ।
 
  संघको उपाध्यक्षमा राजेन्द्र तिवारी, महासचिव कान्छा श्रेष्ठ, सचिव,प्रकाश दुलाल, कोषाध्यक्ष पदमनाथ शर्मा, सहकोषाध्यक्ष देउमान श्रेष्ठ र सदस्यहरु कृष्णराज पाण्डे, दामोदर प्याकुरेल, रामप्रसाद सिलवाल, ध्रुव कुमार सिंह, रमेश राउत कुर्मि, चिरञ्जिवी अर्याल लगाय निर्वाचित भएका छन् । 

प्रतिक्रिया