भर्खरै

विद्युतीय रेलमार्गको ट्रयाक निर्माण कार्य तीव्ररुपमा अघि बढ्दै

  • प्रकाशित मिति : Wed-25-Dec-2019
  • - Admin
title

 
 रौतहट, पुस । रौतहट जिल्लाको बाग्मती देखि धन्सार खण्डमा निर्माण हुने विद्युतीय रेलमार्गको ट्रयाक निर्माणको कामले गति लिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत निर्माण भइरहेको विद्युतीय रेलमार्गको ट्रयाक निर्माण कार्यलाई ठेकेदार कम्पनीले तीव्रता दिएसँगै निर्माण कार्य अघि बढेको हो ।  
 
करिब सवा तीन अर्बको लागतमा निर्माण भइरहेको सो ट्रयाकको ठेक्का पाएका ठेकेदारले रौतहट जिल्लाको बाग्मती देखि धन्सार सम्म करिब २३ किलोमिटर क्षेत्रमा ट्रयाक खोल्ने काम द्रुतगतिमा गरीरहेको निर्माण कम्पनीले जनाएको छ । 
रेल्वे विभागले तीन वटा लिंक लाइन सहित पूर्व पश्चिम राजमार्गको एक हजार तीन दशमलव आठ किलोमिटरसम्मको विद्युतीय रेलमार्ग १० वटा प्याकेजमार्फत निर्माण गर्न लागिएको छ ।
एक देखि पाँच नम्बर सम्मको प्याकेजको ठेक्का लिएका ठेकेदार कम्पनीले साढे दुई वर्षभित्र सबै काम पूरा गरी सक्नुपर्ने गरी सरकारसँग सम्झौता गरेको छ । सोही सम्झौता अनुसार अहिले ट्रयाक निर्माणसँगै पुल निर्माणको काम पनि शुरु गरेको हो । यस अन्र्तगत सो क्षेत्रको बाग्मती, पौराइ, लमाहा, चाँदी, सत्यारी र अमोमा खोलामा छ वटा पुल निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया