भर्खरै

सौर्य विद्युत उत्पादक संघको १९ औँ वार्षिक साधारण सभा सम्पन्न

  • प्रकाशित मिति : Wed-25-Dec-2019
  • - Admin
title
 
चितवन, पुस । नेपाल सौर्य विद्युत उत्पादक संघको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा शनिबार चितवनको सौराहामा सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य कृष्ण प्रसाद ओलीले ऊर्जा क्षेत्रमा नेपाल  आत्मनिर्भर हुँदै गएको  बताए । समृद्ध नेपालः सुखी नेपाली  सरकारको लक्ष्य रहेको बताउँदै उनले सबैका लागि दीगो ऊर्जा, दीगो विकास लक्ष्य, हरेक घरः ऊर्जा घर, हरेक बस्ती ऊर्जा बस्ती जस्ता लक्ष्य प्राप्तिका लागि योजनाहरु बन्दै गएको उनले बताए ।  
त्यस्तै पूर्वमन्त्री गणेश शाहले मुलुकको आर्थिक विकास गर्न नवीकरणीय ऊर्जाका प्रविधिहरु कुशलतापूर्वक परिचालन गर्नुपर्ने बताए । त्यसका लागि अध्ययन, अनुसन्धान, जनशक्ति उत्पादन, लगानी र कुशल व्यवस्थापनका लागि सरकार, प्राज्ञिक क्षेत्र र निजी क्षेत्रको साझेदारी अपरिहार्य रहेको उनले बताए । 
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले सरकार निजी क्षेत्रसँगै काम गर्दै अघि बढेको उनले बताए । निजी क्षेत्रका समस्याहरु समाधान गर्न,  कार्य सहजताका लागि सरकार सकारात्मक रहेको पनि उनले बताए । 
नेपाल नवीकरणीय उर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जा प्रविधिको उपयोग गर्न सरकारले समग्र जनताको हित र लाभका लागि कृषि नीति, औद्योगिक नीति, लगानी व्यवस्थापनका आर्थिक नीति चुस्त दुरुस्त र निजी क्षेत्रमैत्री बनाउनु पर्ने बताए । त्यस्तै कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले सरकारले निजी क्षेत्रको सहयोगमा  नवीकरणीय ऊर्जा प्रविधि उपयोग गर्दै  विकट र दुर्गम क्षेत्रका बासिन्दाहरुलाई स्वच्छ ऊर्जा उपलव्ध गराउन सफल रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकार र निजी क्षेत्रको समन्वयका लागि महासंघले आवश्यक पहल गर्दै आएको बताए । संघका निवर्तमान अध्यक्ष किरण गौतमले नीति निर्माण र कार्यान्वयनमा सरकारले गति बढाउँदै निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउन उपयुक्त वातावरण निर्माण गर्नुपर्ने बताए । सौर्य विद्युत राष्ट्रिय प्रसारणमा जोडिने ठूला आयोजनाहरु, घर कौसीमा राखिएका सौर्य विद्युत प्रणालीहरुबाट उत्पादित बिजुली नेटमिटरिङ गर्दै मिश्रित ऊर्जाको अवधारणा अघि बढाइएको भए पनि कार्यान्वयन भने उपयुक्त ढंगबाट नभएको बताए ।
 
संघमा खनालको नयाँ नेतृत्व

संघमा अध्यक्ष पदमा इन्द्र खनालको नयाँ नेतृत्व कायम भएको छ । संघको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा प्रकाशविक्रम बस्नेत, प्रथम उपाध्यक्षमा कृष्ण पराजुली, द्वितीय उपाध्यक्षमा रुद्रबहादुर पुन, महासचिवमा भरतकुमार मल्ल, सचिवमा केशव दाहाल र कोषाध्यक्षमा दीपक गौतम निर्वाचित भएका छन् । त्यसैगरी कार्यकारी सदस्यहरुमा श्रीधर भण्डारी, इन्द्रराज सुवेदी, अरुण गिरी, नेत्रप्रसाद ज्ञवाली, राजेन्द्र बम, तुफेल अहमद खाँ, ज्ञानु शाह, नवीनकुमार शाही र केशवराज शर्मा निर्वाचित भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago