भर्खरै

सेतीखोला जलविद्युत आयोजनाको ठेक्का सम्झौता

  • प्रकाशित मिति : Wed-25-Dec-2019
  • - Admin
title

 
काठमाण्डौ, पुस । कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित भराभुरी भन्ने स्थानमा  निर्माण हुन लागेको २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत आयोजनाको सिभिल निर्माण तर्फको ठेक्का सम्झौता भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र निर्माण व्यवसायी रसुवा–लुना जेभी बीच ठेक्का सम्झौतामा हस्ताक्षर भएको हो । 
सम्झौतामा भिजन लुम्बिनीका तर्फबाट कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल र निर्माण व्यवसायीका तर्फबाट कार्यकारी निर्देशक माधव आचार्यले हस्ताक्षर गरेका हुन् । 
 
रसुवा–लुना जेभीले सिभिल निर्माण तर्फको ठेक्का १ अर्ब २० करोड रुपैयाँमा लिएको छ । निर्माण व्यवसायीले २ वर्षभित्र आयोजनाको सिभिल संरचना निर्माण गरिसक्ने प्रतिवद्धता जनाएको छ । प्रवद्र्धक भिजन लुम्बिनीले २७ महिनाको समय सीमा दिएको भए पनि दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको हो ।
 
करिब ५ अर्ब लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ । नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच २०७५ मङ्सिर ६ गते विद्युत खरीद सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार उक्त आयोजनाबाट उत्पादित विद्युत वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ ।
 
आयोजनामा स्थानीयवासीलाई समेत शेयर दिइने प्रवद्र्धक कम्पनीले जनाएको छ । प्रवद्र्धक संस्थाका अध्यक्ष पोखरेलले एकाध व्यक्ति मात्रै जलविद्युत आयोजनाको मुनाफा पाउने अवस्थाको अन्त्यका लागि आफूहरुले बढी भन्दा बढी नागरिकलाई लगानीकर्ताको रुपमा सहभागी गराएको जानकारी दिए । उनका अनुसार आयोजनाको ३० प्रतिशत स्वपूँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइने छ । स्वपूँजीमा बुटवल र कास्कीका लगानीकर्तालाई समेत सहभागी गराइनेछ ।
आयोजनाबाट उत्पादित विद्युत कूल ६ किलोमिटर लामो प्रसारण लाइन मार्फत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सवस्टेशनमा जोडिनेछ । अध्यक्ष पोखरेलले आयोजना तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गर्ने बताए । 
यस्तै रसुवा–लुना जेभीका कार्यकारी निर्देशक आचार्यले आफूहरुले तोकिएको समयमा आयोजना सम्पन्न गरेर नेपालको ऊर्जा क्षेत्रमा केही योगदान पु¥याउने बताए । आयोजनाको इञ्जिनीयरिङको काम हाइड्रो कन्सल्टले गरिरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 10 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 15 hours ago