मोरङ्ग इलेक्ट्रिक संघले रक्तदान कार्यक्रम आयोजना गर्दै

  • प्रकाशित मिति : Thu-26-Dec-2019
  • - Admin
title

 
काठमाण्डौ, पुस । विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको मोरङ्ग इलेक्ट्रिक संघले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । संघले यहि पुस १२ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो । 
 
रक्तदान कार्यक्रम विराटनगर स्थित सेन्ट्रल मलमा हुन लागेको संघका महासचिव रुपेश अग्रवालले जानकारी दिए । उनका अनुसार संघको सामाजिक कार्य अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरीएकोे बताए । रक्तदान कार्यक्रममा एक सय भन्दा बढीले रक्तदान गर्ने अपेक्षा गरीएको उनले बताए । रक्तदान कार्यक्रमको संयोजक संघका कार्यकारी समितिका सदस्या साहिल अग्रवाल रहेका छन् । संघमा हाल सम्म ८७  जना भन्दा बढी व्यवसायीहरु आवद्ध छन् ।

प्रतिक्रिया