भर्खरै

फर्निचर उद्योगमा आगलागी

  • प्रकाशित मिति : Fri-27-Dec-2019
  • -
title

दोलखा,पुस । दोलखाको शैलुङ गाउँपालिका वडा नं ३ लाम्चेआहालमा जीवन श्रेष्ठले सञ्चालन गरेको फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
गए राति भएको आगलागीमा उद्योगमा रहेको ठूलो चिरान उपकरण, जेनेरेटर, ८०० क्युफिट सल्ला तथा उत्तिसको तयारी गोलिया काठ र अन्य विद्युतीय सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक सुञ्जीत तामाङले जानकारी दिए । 
 
प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको थियो । राति उद्योगमा विद्युत् प्रवाह भई आगलागी भएको हुन सक्ने वताइएको छ । 

प्रतिक्रिया