भर्खरै

अरुण तेस्रो मुआब्जा विवाद टुङगियो, शनिबारदेखि अवरुद्ध निर्माण कार्य शुरु

  • प्रकाशित मिति : Sun-29-Dec-2019
  • - विद्युत संसार संवाददाता
title
संखुवासभा,पुस । संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको मुआब्जा विवादका समाधान पछि सडक र सुरुङ निर्माण कार्य शुरु भएको छ । 
 
स्थानीयले गत बिहिबारदेखि आयोजनाको काम ३० प्रतिशत सम्पन्न भईसक्दा पनि मुआब्जा नदिएको भन्दै आन्दोलन शुरु गरेर सडक र सुरुङ निर्माण कार्य अवरुद्ध गरेको थियो । लगानी बोर्डले तुरुन्तै पीडितको समस्या समाधान गर्ने आश्वासन
दिएपछि  शनिबारदेखि निर्माण कार्य सञ्चालन भएको हो । 
 
स्थानीय प्रशासन, राजनीतिक दल, गाउँपालिका र पीडितबीच चाँडै विवाद समाधान गर्ने सहमति भएको सतलजका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले बताए  । विरोधमा उत्रिएका स्थानीयले अरुण तेस्रो आयोजनाको दिदिङमा निर्माणाधीन पावरहाउसको सुरुङमार्गको काम बन्द गराएका पछि दुई हजार कामदार अलपत्र परेका थिए । 
 
स्थानीयवासी हर्कसिंह राइका अनुसार अरुण तेस्रो निर्माण शुरु भएको तीन वर्ष बिते पनि छ्याङकुटीबाट पावरहाउस स्थल दिदिङसम्मको मुआब्जा विवाद अहिलेसम्म नमिलेको बताउँदै यो सडक खण्डमा सरकारले सरकारी मूल्यअनुसार मुआब्जा निर्धारण गरेर स्थानीयलाई रकम दिनुपर्ने बताए । उनले भने छ्याङकुटीबाट पावरहाउस सम्मको २४ किलोमिटर सडक क्षेत्रका २०० परिवारले मुआब्जा नपाएको उनको भनाई छ ।  
 
पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर अधिग्रहण गरेको स्थानीयको भनाइ छ । तर अरुण तेस्रो निर्माणको जिम्मा पाएको भारतीय सतलज कम्पनीलाई भने ३० मिटर जग्गा आवश्यक नपर्ने जनाएको छ । १५ मिटरको सडकमा उपकरण ल्याएको सवारी साधन गुड्ने जनाएको छ । अरुण तेस्रोका लागि अहिले पनि १५ मिटरमात्रै सडक प्रयोग भइरहेको सतलजका प्रमुख कार्यकारी अधिकृत धिमानले बताए  ।
 
आयोजनाको कूल लागत १ खर्ब ४ अर्ब रूपियाँ हुने तथा निर्माण कार्य ५ वर्ष भित्रमा सकिने कम्पनीले जनाइएको छ । आयोजनाको शिलान्यास २०७५ बैशाख २८ गते भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं बाट यस आयोजनाको शिलान्यास गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago