भर्खरै

आगलागी पीडित पौडेललाई विद्युतीय व्यवसायी संघद्धारा आर्थिक सहयोग

  • प्रकाशित मिति : Sun-29-Dec-2019
  • - विद्युत संसार संवाददाता
title
नवलपरासी, पुस । नवलपुर गैडाकोटका अग्निपीडित विद्युत व्यवसायी नवराज पौडेललाई संघद्धारा आर्थिक सहयोग गरेको छ ।
गत शुक्रबार नवलपुर विद्युतीय व्यवसायी संघको प्रथम साधारण सभा कार्यक्रमको अवसर पारेर गैडाकोट ५ का अग्निपीडित पौडेललाई संघमार्फत ३५ हजार ५ सय रुपैंया आर्थिक सहयोग हस्तान्तरण गरेको हो । 
 
 स्थापनाको समयदेखि नै विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको संघले आफ्नै परिवारको एक सदस्यलाई चोट लाग्दा आर्थिक सहयोग गरी घाउमा थोरै नै भएपनि मलहम लगाउने प्रयास गरेको संघका अध्यक्ष पुरुषोत्तम भुसालले बताए । अग्निपीडित पौडेललाई विद्युतीय व्यवसायी महासंघको तर्फबाट २५ हजार ५ सय र संघको तर्फबाट १० हजार गरी रु.३५ हजार पाँच सय आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष भुषालको भनाई छ । 
 
शुक्रबार देवचुली नगरपालिका स्थित साहारा पार्टी प्यालेसमा भएको संघको साधारण सभामा प्रमुख आतिथ्य महासंघका अध्यक्ष सुर्दशन प्रसाद पौड्याल रहेको थियो भने कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष पुरुषोत्तम भुषालले गरेका थिए । 
कार्यक्रममा प्रमुख अतिथि पौड्यालले कार्यक्रमको उद्घाटन गर्दै यो पेशालाई मर्यादित बनाउन आवश्यक रहेको बताउँदै व्यवसायी–व्यवसायी बीचमा समन्वय कायम गरेर दक्ष प्राविधिक व्यवसायीका रुपमा स्थापित हुनुपर्ने बताए । अहिलेको समय तीव्र विकास र निर्माण गर्ने चरणमा प्रवेश गरी सकेकोले गुणस्तरीय सेवा प्रदान गर्न प्राविधिक रुपमा दक्ष हुनुपर्ने व्यवसायीहरुलाई सुझाव समेत उनले दिएका थिए । 
 
कार्यक्रममा संघको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो । स्थापनाको  १ वर्षमा संंघमा १ सय ८ जना व्यवसायी आवद्ध रहेका छन् । कार्यक्रममा रुपन्देही,चितवन,कास्की लगायतका पजल्ला संघहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago