देशलाई समृद्ध बनाउन व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ : बाणिज्य मन्त्री दुगड
- प्रकाशित मिति : Sun-29-Dec-2019
- - रुपा तुलाधर

काठमाण्डौ, पुस । बाणिज्य,आपूर्ति तथा राज्य मन्त्री मोतिलाल दुगडले देशलाई समृद्ध बनाउन व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने बताए । काठमाण्डौ विद्युतीय व्यवसायी संघको १० औँ साधारण सभालाई सम्बोधन गर्दै मन्त्री दुगडले यस्तो बताएका हुन् ।
उनले उद्योगी व्यवसायी नभई देश समृद्ध नहुने बताउदै व्यवसायीक क्षेत्रमा भएका समस्या समाधानका लागि सकारले काम गर्ने बताए । छोटो समयमा धेरै परिवर्तनको खाँचो भएकाले काम गर्ने शैलीमा परीवर्तन गर्नु पर्ने पनि उनले बताए । देशमा रोजगारी सिर्जना गर्न उद्योग स्थापना गर्नु पर्ने र उद्योगीहरुलाई प्रोत्साहित गर्नुपर्ने बताए । इन्डक्सन चुहे आयात र लिडजन्य विद्युतीय सामग्रीको आयातमा लाग्ने भन्सार दरका विषयमा आवश्यक छलफल गर्ने उनले बताए । नेपालमा न्यून गुणस्तरका विद्युतीय सामग्री आयात अन्त्य गर्ने, व्यवसायीक क्षेत्रको अनुगमनमा भएका केही त्रुटिहरुको सुधार गर्दै जाने उनले बताए ।
कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन पौड्यालले विद्युतीय व्यवसायीहरुको हकहितका लागि महासंघले काम गर्दै आएको बताए । महासंघले व्यवसायीक हितका लागि मात्र नभई सामाजिक कार्यमा पनि सक्रिया भूमिका निर्वाह गर्दै आएको र यसमा जिल्ला संघको पनि सहयोग रहेको उनले बताए । विद्युतीय व्यवसायीहरुले न्यून मार्जिनमा सामग्री विक्रि गर्दै आएको भए पनि व्यवसायीहरु दोहोरो मारमा पर्दै आएको उनले गुनासो गरे । गुणस्तरी विद्युतीय सामग्री विक्रि वितरण गर्नुपर्ने, बजारमा रहेको अस्वस्थ प्रतिस्पर्धाको अन्त्य हुनु पर्ने, लिडजन्य समग्रीको भन्सार दर कम गर्नुपर्ने बताए । नेपालमा उद्योगको बातावरण सिर्जना गर्न उद्योगीहरुलाई सरकारले प्रोत्साहन गर्नु पर्ने उनले बताए ।
त्यस्तै ऊर्जाविद् ज्ञानेन्द्रलाल प्रधानले ऊर्जा विकास विना अन्य विकास सम्भव नहुने बताए । नेपालले ५०० मेगावाट जलविद्युत उत्पादन गर्दा एक प्रतिशत जिडिपि बढ्ने पनि उनले जानकारी दिए । उनले नेपालमा लोडसेडिङ्ग अन्त्य गर्न उद्योगीहरुले सहयोग पुर्याएको भए पनि उद्योगीहरुलाई रु ११ अर्ब विद्युत चोरीको आरोप लागेको प्रति दुःख व्यक्त गर्दै उद्योगीहरुको मन मर्दै गएको बताए । पछिल्लो समय घर तथा भवन निर्माण कार्य कम भएको उल्लेख गर्दै उनले विद्युतीय सामग्रीको व्यवसाय कम हुँदै गएको बताए । आगामी वर्ष नेपालमा विद्युत उत्पादन बढ्ने हुँदा इन्डक्सन चुहे आयतमा भन्सार दर शून्य पार्नु पर्ने पनि बताए ।
त्यस्तै संघका संस्थापक अध्यक्ष रेशम प्रसाद देवकोटाले विगतमा अनुगमनका नाममा व्यवसायीहरुलाई रु ५० हजार सम्म जरिवाना तिराउने कार्य निन्दनिय भएको बताए । उनले अनुगमनमा आउनु पूर्व व्यवसायी संघ तथा महासंघमा जानकारी गराए संघ तथा महासंघले व्यवसायीहरुलाई जानकारी गराउने उनले बताए ।
कार्यक्रममा पोखरा इलेक्ट्रिक संघका बरिष्ट उपाध्यक्ष मुक्ति प्रसाद आचार्यले गुणस्तरीय विद्युतीय सामग्री विक्रि वितरण गर्न व्यवसायीहरुलाई आग्रह गरे । विद्युतीय संघ चितवनका अध्यक्ष भरत प्रसाद लामिछानेले व्यावसायीक क्षेत्रमा हुने हरेक किसिमका समस्या समाधान गर्नका लागि सधै तयार रहेको उनले बताए ।
त्यस्तै संघका अध्यक्ष राजेन्द्र बैष्णवले विद्युतीय सामग्रीको गुणस्तर परीक्षण गर्न टेष्ट ल्यावको व्यवस्था गर्नु पर्ने बताए । बजारमा भएको अधिक विजकिकरण र न्यून विजकिकरणको अन्त्य हुनुपर्ने, विद्युतीय सामग्री उत्पादन गर्ने उद्योगले आवश्यक मेसिन ल्याउँदा उद्योगीहरुलाई प्रत्साहन गर्न भन्सार दर छुट गर्नुपर्ने, विद्युत कम खपत गर्ने विद्युतीय सामग्री तथा इन्डक्सन चुल्हो आयात गर्दा भन्सार दर छुट हुनु पर्ने बताए ।