भर्खरै

रोकियो पाइपलाइनबाट तेल आउने क्रम, युरो ६ को तयारी

  • प्रकाशित मिति : Sat-05-Jan-2019
  • - विद्युत संसार सम्वाददाता
title

काठमाण्डौं, पुस । मोतीहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइनबाट ११ दिनदेखि तेल आउने क्रम रोकिएको छ ।युरो ६ मापदण्डमा डिजेलको स्तरोन्नतिको काम भइरहेकोले पाइपलाइनबाट तेल आउने क्रम रोकिएको नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदिप यादवले बताए ।
 
‘भारतले युरो ६ मापदण्डको डिजेल पठाउने तयारी गरेकाले त्यसको व्यवस्थापनको लागि तेल रोकेको हो,’ उनले भने, ‘भोलिदेखि पठाउँछु भनेको छ ।’ पाइपलाइनमा युरो ६ डिजेलका लागि केही फिल्टर थप गरिएको उनले जानकारी दिए । हाल नेपालबाट गएका ट्याङ्करले बरौनीबाट तेल ल्याएका छन् । सेतोपाटी डटकम

प्रतिक्रिया