भर्खरै

रुपन्देही विद्युतीय व्यवसायी संघको साधारण सभा तथा अधिवेशन सम्पन्न

  • प्रकाशित मिति : Sat-05-Jan-2019
  • -
title

 
काठमाण्डौ, पुस । विद्युतीय व्यावसायीहरुको हकहितका लागि काम गर्दै आएको रुपन्देही विद्युतीय व्यवसायी संघको आठौँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । यहि पुस १९ गते शनिबार बुटवल स्थित दियालो फुडल्याण्डमा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । 
 
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख  वासुदेव घिमिरेले रुपन्देही विद्युतीय व्यवसायी संघले व्यवसायीहरुको हकहितका लागि गरेको कार्य र सामाजिक क्षेत्रमा गरेको सेवामुलक कार्य प्रशंसनिय रहेको बताए । नगरपालिकाले संघको आफ्नै भवन निर्माण गर्न र क्रियापुत्रि भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको र सो को डिपिआर समेत पुराभएको बताउदै उनले भवन छिटै निर्माण गर्न समेत आग्रह गरे । व्यवसायीहरुलाई परेको दोहोरो कर प्रणालीको समस्या समाधान गर्नका लागि प्रदेश सरकारमा आवश्यक पहल गर्न संघलाई सहयोग गर्ने उनले बताए । त्यस्तै उनले स्मार्ट सिटिको निर्माण अवधारण आइरहेको अवस्थामा  विद्युतीय व्यवसायको क्षेत्र अझै फराकिलो रहेको बताए । 
 
 त्यस्तै कार्यक्रममा नेपाल विद्युतीय व्यवसयी महासंघका अध्यक्ष सुर्दशन पौड्यालले महासंघमा आवद्ध २१ जिल्ला संघ मध्ये रुपन्देही विद्युतीय व्यवसायी संघ धेरै नगर संघ भएको र धेरै सदस्य भएको संघ मध्ये दोस्रो संघ भएको बताए ।  संघले व्यवसायिक हकहित र सामाजिक कार्यमा प्रभावकारी भुमिका निर्वाह गरेको बताए । उनले कार्यक्रममा महासंघलाई जिल्ला संघको सहयोगर सद्भाव सधै आवश्यक रहेको बताए । व्यवसायीहरुको समस्याको पहिचान गरी त्यसको समाधान गर्नका लागि महासंघ सधै तयार रहेको पनि उनले प्रष्ट पारे । उनले विद्युतीय व्यवसाय पेशा सम्मानित पेशा रहेको बताए । 
साधारण सभामा निजी तथा सामुदायिक विद्यालयबाट एसईई दिएका उत्कृष्ट एक एक जना सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । साधारण सभा कार्यक्रममा संघको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । 
 
संघमा ज्ञावालिको नयाँ नेतृत्व 
 
 
रुपन्देही विद्युतीय व्यवसायी संघको पाँचौ अधिवेशनबाट अध्यक्ष पदमहा हरीहर ज्ञावालि सहित १९ जना नयाँ कार्यसमितिको चयन भएको छ । संघको वरिष्ट उपाध्यक्षमा लोकनाथ पोखरेल, प्रथम उपाध्यक्ष शान्तराज खराल, द्धितिय उपाध्यक्षमा केशव कुमार सिंह (सुजित), महासचिव चन्द्रकान्ता भण्डारी, कोषाध्यक्ष सूर्य कुँवार, सचिव जनेश पन्थी, सहकोषाध्यक्ष मधुसुदन श्रेष्ठ र सदस्यहरु विष्णु भण्डारी, बसन्त देव पौडेल, भीमलाल अधिकारी, राम बहादुर थापा, प्रेम न्यौपाने, पारश श्रेष्ठ, टिकाराम गौतम सर्वसम्मतले चयन भएका छन् । कार्यसमिति सदस्यमा तीन जना सदस्य भने मनोनयन हुन बाँकि रहेका छन् । त्यस्तै संघको अनुगमन संयोजकमा माधव ज्ञावालीरहेका छन् भने जिल्ला अनुगमन संयोजकमा भविश्वर पाण्डे रहेका छन् । 
 
 

प्रतिक्रिया