भर्खरै

१ महिना भित्रमा माथिल्लो खिम्ती आयोजनाबाट विद्युत उत्पादन हुँदै

  • प्रकाशित मिति : Tue-08-Jan-2019
  • - Admin
title

 
 
काठमाण्डौ, पुस । रामेछापमा निर्माणाधीन १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती– १ जलविद्युत आयोजनाले अबको १ महिनामा विद्युत उत्पादन गर्ने भएको छ । ९५ प्रतिशत निर्माण पूरा भएको सो आयोजनाबाट अबको १ महिना भित्र विद्युत उत्पादन हुने भएको हो ।  
 
हिमालयन ऊर्जा विकास कम्पनीले निर्माण गरिरहेको आयोजनाको संरचनाको काम अन्तिम चरणमा पुगेको इन्जिनियर पुष्कर श्रेष्ठले बताए । उनका अनुसार बाँध क्षेत्रका सिभिल संरचना तयार भएका छन् । ३.८४५ किलोमिटर पाइप बिछ्याउने काम सकिन लागेको छ । अब करिब ६० मिटर पाइप बिछ्याउन बाँकी रहेको बताउदै उनले विद्युत गृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम धमाधम भइरहेको जानकारी दिए । 
 
उपकरणको जडान कार्य ८० प्रतिशत पूरा भएको छ । उपकरण जडानको काम सकिएपछि संरचनामा पानी भरेर आयोजनाको परीक्षण सुरु गरिने श्रेष्ठले बताए । यस्तै, यही प्रवद्र्धधक कम्पनीले निर्माण गरेको माथिल्लो खिम्ती २ जलविद्युत आयोजना पनि ९० प्रतिशत निर्माण पूरा भएको छ । आगामी चैतदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्यसहित निर्माण अन्तिम चरणमा पुगेको हो । बाँध क्षेत्रका सबै संरचना निर्माण भइसकेको श्रेष्ठले बताए । ३.३८ किलोमिटर लामो पाइप लाइन रहने गरी डिजाइन गरिएको आयोजनामा २.८ किलोमिटर पाइप बिछ्याउने काम पूरा भएको छ । पाइप लाइनको बाँकी काम फागुनभित्र पूरा गर्ने तालिका छ । बाँध र विद्युतगृहमा हाइड्रो तथा इलेक्ट्रोमेकानिकरण उपकरण जडान सुरु भएको छ । उपकरण जडानको काम चैत्रभित्र सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने तालिका रहेको कम्पनीले जनाएको छ । यी दुई  आयोजनाबाट उत्पादित  विद्युत नेपाल विद्युत प्राधिकरणको गर्जाङ सबस्टेसनमा लगेर जोडिनेछ ।

प्रतिक्रिया