भर्खरै

कर्णालीमा ९ हजार घरधुरीलाई सुरक्षित आवास

  • प्रकाशित मिति : बिही, भदौ ४, २०७७
  • - रासस
title
चालू आर्थिक वर्षमा कर्णालीका झण्डै नौ हजार घरधुरीको सुरक्षित आवास निर्माण हुने भएको छ । गरीबीको रेखामुनि रहेका, खरले छाएका तथा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण घरबारविहीन परिवारलाई सुरक्षित नागरिक आवास कार्यक्रममा समेटिने भएको हो । 
 
कार्यक्रमअन्तर्गत सुर्खेतमा सबैभन्दा बढी दुई हजार ६४३ सुरक्षित आवास बन्नेछन् ।  रुकुम९पश्चिम०मा एक हजार १९९, सल्यानमा एक हजार ६९१, दैलेखमा एक हजार ७८९, जाजरकोटमा एक हजार १५, डोल्पामा ५१२ र जुम्लामा ५०६ घरधुरीले सुरक्षित आवास पाउनेछन् । सरकारले खर तथा परालको छाना भएका घरधुरीमा पनि जस्तापाताले छाना छाउन सहयोग गर्नेछ । जस्तापाता छाउनका लागि प्रतिघरधुरी रु ५० हजार उपलब्ध गराइनेछ ।
 
सङ्घीय शहरी आयोजना कार्यान्वयन एकाइले सुर्खेत निर्वाचन क्षेत्र नं १ मा निर्माण हुने परिवारको टुङ्गो लगाएको छ । त्यहाँका एक हजार ५२० घरमा जस्तापाताको छाना लगाइनेछ । आयोजना कार्यान्वयन एकाइका इञ्जिनीयर टीकाराम पोखरेलका अनुसार उक्त रकम घरमूलीले सम्बन्धित स्थानीय तहबाट प्राप्त गर्नेछन् ।
“चालू आवमा प्रदेशका नौ हजार घरका छानामा जस्तापाता लगाउने योजना छ”, उहाँले भन्नुभयो, “सुर्खेतमा करीबकरीब टुङ्गो लागिसक्यो, अन्य जिल्लामा बाँकी छ, सम्बन्धित क्षेत्रका सांसद, स्थानीय जनप्रतिनिधिहरुको बैठकले लाभान्वित घरपरिवारको टुंगो लगाउनेछ ।” जस्तापाता लगाएमा आगलागीबाट सुरक्षित हुने र गरीब परिवारले राहत महसुस गर्ने सरकारको अपेक्षा छ

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago