भर्खरै

एक लाख घरमा स्वच्छ ऊर्जा पुर्याउने लक्ष्य रोकियो, १५ सयले रोजगारी गुमाए

  • प्रकाशित मिति : शनि, बैशाख २०, २०७७
  • - Admin
title
विद्युत संसार,काठमाडौं, बैशाख । कोरोना भाइरस (कोभिड–१९) को असरका कारण चालू आर्थिक वर्षभित्र करिब १ लाख घरमा स्वच्छ ऊर्जा पुर्याउने कार्यक्रम पूरा नहुने भएको छ ।
 
५ वर्षभित्र हरेक घरमा विद्युत तथा स्वच्छ ऊर्जाको पहुँच पुर्याउने लक्ष्य रहे पनि ढुवानी, कामदार, उपकरण आपूर्ति, वितरण जस्ता समस्याले काम प्रभावित भएको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चालू आवमा ५० हजार घरमा विद्युत र ४० हजारमा स्वच्छ चुलो विस्तार गर्ने लक्ष्य राखेको थियो ।
 
केन्द्रले चालू आवमा साढे २ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखे पनि त्यो पूरा नहुने देखिएको छ । विश्वव्यापि माहामारीका कारण दाताको सहयोग तथा बैंकको ऋण प्रवाहमा ढिलाई हुने हुँदा यसले लक्षित कार्यक्रम अगाडि नबढ्ने केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले बताए ।
 
‘कार्यक्रम प्रभावित हुँदा केन्द्रदेखि स्थानीय तहसम्मका योजना धकेलिएका छन्, सेवा प्रवाह तथा योजना कार्यान्वयनमा खटिने निजी तथा गैरसरकारी कम्पनीले काम गर्न सकेका छैनन,’ उनले भने, ‘सोलार, वायु, लघुजलविद्युतबाट ५ सय बढी घरेलु उद्योग चलेका छन् । तिनमा असर परेको छ ।’
 
कोरोनाका कारण नवीकरणीय ऊर्जासँग जोडिएर काम गरिरहेका १५ सय बढीले रोजागारी गुमाएका छन् । आपूर्ति तथा ढुवानी व्यवस्थापन सहज नहुँदा दुर्गम क्षेत्रका कुनै पनि काम सुचारु हुन नसकेको अधिकारीले बताए । केन्द्रका अनुसार अहिले निर्माणाधीन १४ फोहोरबाट ऊर्जा उत्पादन गर्ने, ५० वटा मिनी ग्रिड, २ वटा वायु र सय लघुजलविद्युत आयोजनाको काम रोकिएको छ ।
 
यसैगरी, कोरोनाका कारण १५ बढी तालिम कार्यक्रम रोकिएका छन् । जहाँ ३ सय प्राविधिकको संलग्नता हुँदै थियो । सय स्थानीय तह, ५ प्रदेश र ८ निजी क्षेत्रका कम्पनीसँग समन्वय टुटेको छ । यसो हुँदा चालू वर्षमात्र होइन आगामी योजना पनि धकेलिने देखिएको छ ।
 
आजको परिवेशमा ऊर्जाका स्रोत विविधिकरण गर्दै वितरण गर्नुको विकल्प नरहेको केन्द्रका निर्देशक नारायणप्रसाद अधिकारीले बताए । ‘हरेक संकटले नयाँ अवसरको सिर्जना गर्ने प्राकृतिक तथ्य मनन् गर्दै काम गर्नुपर्छ,’ उनले भने, ‘जसरी सत्तरीको दशकमा विश्व राजनीतिका कारण तेलको व्यापारमा नकारात्मक असर पर्दा विश्व नवीकरणीय ऊर्जा उपयोगतर्फ मोडिएको थियो । आजको समय पनि त्यही हो ।’
 
अब यस संकटको घडीमा सबैको समुहिक प्रयासमा देशको दिगो ऊर्जाको स्रोत परिचालन गरी समृद्धिको मार्गतर्फ अगाडि बढ्न जरुरी रहेको अधिकारीको भनाइ छ । ऊर्जा खपतको वातावरण तयार गरी परनिर्भरताको मात्रा घटाउँदै राष्ट्रिय ऊर्जा सुरक्षाको खाका कोर्न पनि अपरिहार्य देखिन्छ ।
ऊर्जा खबर
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago