भर्खरै

खपत नहुँदा पूर्ण क्षमतामा चल्न पाएनन् जलविद्युतगृह, उद्योग खोल्न ऊर्जा उत्पादकको आग्रह

  • प्रकाशित मिति : सोम, बैशाख २२, २०७७
  • - धना ढकाल
title
विद्युत संसार, २२ बैशाख,काठमाडौं । सरकारले देशभर गरेको लकडाउनले विद्युत माग घटेपछि सञ्चालनमा रहेका जलविद्युतगृहले क्षमता घटाएर विद्युत उत्पादन गरिरहका छन् । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण बढी विद्युत खपत गर्ने उद्योगधन्दा, कलकारखाना बन्द हुँदा नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका विद्युतगृह कम क्षमतामा चलेका हुन् ।
 
बिहान र साँझ विद्युतको बढी माग हुने समयमा पूर्ण क्षमतामा चले पनि दिउँसो र राति जलविद्युतगृह कम क्षमतामा चलाउनु परेको प्राधिकरण उत्पादन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक मदन तिम्सिनाले बताए ।
 
‘बिहान, साँझ र कहिले काहीं दिउँसोको माग व्यवस्थापन गर्न कुलेखानीसहित सबै विद्युतगृह चलिरहेका छन,’ उनले  भने, माग घट्ने राति हो । रातको समयमा प्राधिकरणका केही विद्युतगृहको उत्पादन बन्दसमेत गर्नु पर्ने बाध्यता छ ।’ उनले राति जलाशय र अर्धजलाशय आयोजनाको उत्पादन बन्द गरेर नदी प्रवाही मात्र चल्ने गरेको बताए ।
 
उद्योग नचल्दा आन्तरिक उत्पादनबाट माग र आपूर्ति व्यवस्थापन भइरहेको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले बताए । उनका अनुसार ‘पिक आवर’ बाहेकको समयमा भारतबाट हुने आयात रोकिएको छ ।
 
‘अहिले दिनको करिब ३ घन्टा जतिमात्र भारतको विद्युत आउँछ’ उनले भने, ‘अन्य समयमा आन्तरिक उत्पादनबाट माग व्यवस्थापन गरिरहेका छौं ।’ उनले रातको समयमा पानी परेर तराईको माग कम हुँदा केही विद्युतगृहको उत्पादन बन्द हुने गरेको बताए ।
 
केन्द्रका अनुसार आइतबार दिउँसोको माग ७ सय ५० मेगावाट छ । बिहान करिब ८ सय मेगावाट हाराहारीमा छ । शनिबार साँझको माग ९ सय ४४ मेगावाट थियो । माग व्यवस्थापन गर्न प्राधिकरणका जलविद्युतगृहले ५ सय ३८ मेगावाट उत्पादन गर्दा निजी ऊर्जा उत्पादकका जलविद्युतगृहको करिब ३ सय मेगावाट मात्रै खपत भएको उनले जानकारी दिए ।
 
लकडाउनपछि निजी क्षेत्रका जलविद्युतगृह पनि कम क्षमतामा चलिरहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए । ‘अहिले नियमित वर्षा भइरहेकाले सबै जलविद्युतगृह पूर्ण क्षमतामा चल्ने अवस्थामा छन्,’ उनले भने,‘तर, उद्योग बन्द हुँदा कम क्षमतामा चलाउनु परेको छ ।’
 
विद्युतगृह कम क्षमतामा चलाउँदा विद्युत बिक्रीबाट हुने आम्दानी घटेको उनले बताए । ऊर्जा नै देशको अर्थतन्त्रको मेरुदण्ड भएकाले बन्द उद्योग सञ्चालन गर्न सरकारसमक्ष आग्रह गरे । ‘ऊर्जा उत्पादनमा कमी आउँदा मुलुकको अर्थतन्त्र नै समस्यामा पर्छ । सरकारले लकडाउनको अहिलेसम्मको अवधारणा बदलेर उद्योग चलाउने वातावरण बनाउनु पर्छ’ उनले भने ।
काठमाडौं । सरकारले देशभर गरेको लकडाउनले विद्युत माग घटेपछि सञ्चालनमा रहेका जलविद्युतगृहले क्षमता घटाएर विद्युत उत्पादन गरिरहका छन् । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण बढी विद्युत खपत गर्ने उद्योगधन्दा, कलकारखाना बन्द हुँदा नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका विद्युतगृह कम क्षमतामा चलेका हुन् ।
 
बिहान र साँझ विद्युतको बढी माग हुने समयमा पूर्ण क्षमतामा चले पनि दिउँसो र राति जलविद्युतगृह कम क्षमतामा चलाउनु परेको प्राधिकरण उत्पादन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक मदन तिम्सिनाले बताए ।
 
‘बिहान, साँझ र कहिले काहीं दिउँसोको माग व्यवस्थापन गर्न कुलेखानीसहित सबै विद्युतगृह चलिरहेका छन,’ उनले ऊर्जा खबरसँग भने,‘माग घट्ने राति हो । रातको समयमा प्राधिकरणका केही विद्युतगृहको उत्पादन बन्दसमेत गर्नु पर्ने बाध्यता छ ।’ उनले राति जलाशय र अर्धजलाशय आयोजनाको उत्पादन बन्द गरेर नदी प्रवाही मात्र चल्ने गरेको बताए ।
 
उद्योग नचल्दा आन्तरिक उत्पादनबाट माग र आपूर्ति व्यवस्थापन भइरहेको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले बताए । उनका अनुसार ‘पिक आवर’ बाहेकको समयमा भारतबाट हुने आयात रोकिएको छ ।
 
‘अहिले दिनको करिब ३ घन्टा जतिमात्र भारतको विद्युत आउँछ’ उनले भने, ‘अन्य समयमा आन्तरिक उत्पादनबाट माग व्यवस्थापन गरिरहेका छौं ।’ उनले रातको समयमा पानी परेर तराईको माग कम हुँदा केही विद्युतगृहको उत्पादन बन्द हुने गरेको बताए ।
 
केन्द्रका अनुसार आइतबार हिउँसोको माग ७ सय ५० मेगावाट छ । बिहान करिब ८ सय मेगावाट हाराहारीमा छ । शनिबार साँझको माग ९ सय ४४ मेगावाट थियो । माग व्यवस्थापन गर्न प्राधिकरणका जलविद्युतगृहले ५ सय ३८ मेगावाट उत्पादन गर्दा निजी ऊर्जा उत्पादकका जलविद्युतगृहको करिब ३ सय मेगावाट मात्रै खपत भएको उनले जानकारी दिए ।
 
लकडाउनपछि निजी क्षेत्रका जलविद्युतगृह पनि कम क्षमतामा चलिरहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इपान०का अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए । ‘अहिले नियमित वर्षा भइरहेकाले सबै जलविद्युतगृह पूर्ण क्षमतामा चल्ने अवस्थामा छन्,’ उनले भने,‘तर, उद्योग बन्द हुँदा कम क्षमतामा चलाउनु परेको छ ।’
 
विद्युतगृह कम क्षमतामा चलाउँदा विद्युत बिक्रीबाट हुने आम्दानी घटेको उनले बताए । ऊर्जा नै देशको अर्थतन्त्रको मेरुदण्ड भएकाले बन्द उद्योग सञ्चालन गर्न सरकारसमक्ष आग्रह गरे । ‘ऊर्जा उत्पादनमा कमी आउँदा मुलुकको अर्थतन्त्र नै समस्यामा पर्छ । सरकारले लकडाउनको अहिलेसम्मको अवधारणा बदलेर उद्योग चलाउने वातावरण बनाउनु पर्छ’ उनले भने ।
ऊर्जा खबर
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago