भर्खरै

पत्रकार महासंघ काठमाडौं शाखालाई खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान

  • प्रकाशित मिति : मंगल, बैशाख २३, २०७७
  • - विद्युत संसार संवाददाता
title
 
विद्युत संसार,बैशाख,काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखालाई काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाले आज ५(पाँच) क्विन्टल चामल लगायत खाद्यान्नका साथै स्वास्थ्य सामग्री प्रदान गरेकी छन् ।
 
वडाध्यक्ष सापकोटाले केही व्यावसायिक संघसंस्थासँग समन्वय गरी ती सामग्री शाखाका अध्यक्ष सन्तराम विंडारीलाई प्रदान गरेकी हुन् । मंगलबार वडाध्यक्ष सापकोटाले पुराना र अग्रज पत्रकार रहेको उक्त शाखालाई भवन निर्माणका लागि आफ्नो वडामा जग्गा व्यवस्थापनका साथै अन्य सहयोग गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । शाखाका अध्यक्ष विंडारीले भवन निर्माणका लागि वडाले गर्न लागेको सहयोगको सराहना गर्दै कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनमा अग्रस्थानमा क्रियाशील सञ्चारकर्मीको चुल्हो निभ्न नदिने शाखाको अभियान रहेको बताए ।
        
अभाव, दबाब र प्रभाव बिनाको पत्रकारिताको खाँचो औँल्याउँदै उनले खाद्य सामग्री सङ्कलन गरी आफ्ना सदस्यलाई वितरण गरेको जानकारी दिए । शाखाले ५० पत्रकारलाई आज राहत वितरण गरेको छ । शाखाले लकडाउनको समयमा जीविकोपार्जन गर्न कठिन भएका आफ्ना सदस्य पत्रकारलाई चामल, दाल, मस्यौरालगायत खाद्य सामग्री प्रदान गरेको हो । यसअघि शाखाले एकसय पत्रकारलाई राहत दिएको थियो ।
 
यसैबीच कालीमाटीस्थित ज्ञानतीर्थ संरक्षण समाजले आर्थिक अवस्था कमजोर भएका करीब २०० विपन्न मानिसलाई आज भोजन उपलब्ध गराएको छ । उक्त कार्यक्रममा वडाध्यक्ष सापकोटाले हुने मानिसले नहुनेलाई राहत तथा भोजन दान गरेर पुण्य कार्य गरेकामा खुशी व्यक्त गर्नुभयो । समाजका अध्यक्ष विनोद डङ्गोलले विभिन्न दाताको सहयोगमा राहत सङ्कलन गरी मानवीयताका आधारमा दुःख पाएका मानिसलाई वितरण गरेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago