सङ्क्रमण देखिए पत्रकारलाई एक लाखको बीमा

  • प्रकाशित मिति : बुध, बैशाख २४, २०७७
  • - विद्युत संसार संवाददाता
title

 
विद्युत संसार,बैशाख, झापा । झापाको बिर्तामोडबाट सञ्चालित साझामञ्च डटकममा कार्यरत पत्रकार तथा कर्मचारीको रु एक लाखको कोरोना बीमा गरिएको छ । मिडिया प्रालिका अध्यक्ष एवं प्रदेश सांसद एकराज कार्कीले वैशाख २३ गतेबाट एक वर्षसम्म लागू हुनेगरी कार्यरत कुनै पत्रकार वा कर्मचारीलाई कोरोनाको पिसीआर परीक्षणमा पोजेटिभ देखिए बीमावापत प्रतिव्यक्ति रु एक लाख भुक्तानी दिने बताए ।
सम्पादक गोपाल काफ्लेले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड दमक शाखाबाट १० पत्रकार तथा कर्मचारीको बीमा गरिएको बताए   ।
               

प्रतिक्रिया