भर्खरै

महासंघ र जिल्लासंघ द्धारा २०७७ को क्यालेण्डर प्रकाशनगरी बजारमा

  • प्रकाशित मिति : बुध, बैशाख २४, २०७७
  • - भीमलाल श्रेष्ठ
title

विद्युत संसार, बैशाख ,काठमाण्डौं । नेपाल विद्युत व्यवसायी महासंघ र काठमाण्डौं विद्युतीय संघ द्धारा २०७७ सालको आर्कषक भित्तेपात्रो प्रकाशन गरी बजारमा ल्याएको छ ।  कोरोना भाईरस कोभिड १९ को बन्दाबन्दीमा बाबजुद पनि बजारमा बैशाख २३ गते आफ्नो अफिसियल  सामाजिक संञ्जाल को सहायता बाट सार्वजानी गरिएको हो । बन्दाबन्दीको कारण सम्पूर्ण व्यवसायी को घर आँगनमा पुयाउन नसकेको खुलेपछि अफिस बाट सवै व्यवसायी ,विज्ञापनदाता ,कम्पनी,डिलरहरु सम्मा पुयाउने कुरा काठमाण्डौ विद्युतीय व्यवसायी संघका सचिव मुक्तिनाथ सापकोटाले विद्युत संसारलाई बताए ।
                                                 
उक्त महासंघ र जिल्ला संघ बाट प्रकाशित क्यालेण्डरमा विद्युतीय व्यवसायीहरुको क्षेत्रमा आएका नविनतम प्रविधिहरुको जानकारी एवं कम्पनी डिलर हरुको पूर्ण बिबरणको  जानकारी  र देशभर रहेका विद्युतीय व्यवसायी हरुलाई  व्यवसायी एकता ,  जिल्ला नगरमा रहेका संघहरुले सदस्यहरुको  व्यवसायी बिबरण ,टेलिफोन ,सार्वजानीक बिदा र आगामीक दिनमा गरिने कार्यतालिका समेत समावेशगरी प्रकाशनमा ल्याएको छ । यस क्यालेण्डर प्रकाशनमा सहयोग गर्ने प्रकाशन समिति,  विज्ञापनदाता, कम्पनी,डिलर र सचिवालयका सम्पूर्ण कर्मचारी प्रति आभार व्यक्त गर्दै विश्व नै बन्दाबन्दीमा रहेकोले सुरक्षित तबरले घरमा बसौं  स्वास्थ्थ रहे जीवन रहन्छ, जीवन रहे व्यवसाय .......भनेर संघका सचिव सापकोटाले विद्युत संसारलाई  बताए ।
             
नेपाल विद्युतीय व्यवसायी महासंघ देशभरका विद्युतीय व्यवसायीहरुको हकहितको लागि लड्ने गैह् राजनिती सामाजिक संस्था हो । हालसम्म २३ जिल्ला नगर संघ आवद्ध भई महासंघको निती कार्यक्रमहरु गर्दै आईरहेको छ भने काठमाण्डौ जिल्लामा रहेका व्यवसायीहरुको हकहितमा काम गर्ने संस्था  काठमाण्डौ विद्युतीय व्यवसायी संघ हो ।
                                  
विद्युतीय व्यवसायीहरुको  व्यवसायीक हकहित र समस्याको  समाधानका लागि एवं सामाजिक कार्यमा पनि सक्रियारुपमा अगाडी बढदै आईरहेको छ । काठमाण्डौ विद्युतीय व्यवसायी  संघमा करिब ५सय ५० व्यवसायीहरु आवद्ध रहेका छन  । महासंघमा आवद्ध रहेको २३ जिल्ला मध्ये सदस्य संख्याको हिसाबले सबैभन्दा ठूलो र क्रियाशिल जिल्लाको रुपमा काठमाण्डौ विद्युतीय व्यवसायी संघलाई लिने गरिन्छ । 
   

प्रतिक्रिया