भर्खरै

बन्दाबन्दी(लकडाउन) १० दिन थपियो

  • प्रकाशित मिति : बुध, बैशाख २४, २०७७
  • - भीमलाल श्रेष्ठ
title

 
विद्युत संसार, बैशाख, काठमाडौं । काठमाडौं–सरकारले लकडाउन १० दिन थप्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको जोखिम अझै कायमै रहेको भन्दै १० दिन थप्ने निर्णय गरेको हो ।
मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको सुझावका आधारमा मन्त्रिपरिषद्ले लकडाउन लम्ब्याएको हो।
 
सरकारले यसअघि थपेको १० दिन लकडाउन बिहीबारबाट सकिँदै थियो। चैत ११ बाट सुरु भएको लकडाउन बिहीबार ४५ दिन पूरा हुँदैछ। तर दिनप्रति दिन  संक्रमितको संख्या बढ्दै जानुको कारण लकडाउनको समय थप गरिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। बुधबार प्रयोगशाला परीक्षण गर्दा वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जसमध्ये १० पुरुष र ७ जना महिला छन्। 

प्रतिक्रिया