भर्खरै

लकडाउन खुकुलो पार्ने सरकारको निर्णय, ४२ प्रकारका उद्योगधन्दाहरु खोल्नदिने :

  • प्रकाशित मिति : बुध, बैशाख २४, २०७७
  • - भीमलाल श्रेष्ठ
title
 
विद्युत संसार , वैशाख, काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री युवराज खतिवडाले  ४२ प्रकारका उद्योगधन्दाहरु  खोल्नदिने जानकारी दिए ।
 
बुधवार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो ।
 
उनका अनुसार औद्योगिक उत्पादन तथा वितरणका लागि खुला छाडिएको छ । साथै निर्माण सामग्रीको ढुवानीलाई पनि खुला छाडिएको छ ।
 
मन्त्री खतिवडाले सुरक्षाको उपायहरु अपनाएर ढुङ्गागिट्टी उत्पादन प्रशोधन गर्न दिइने बताए । कृषि तथा पशुपन्छीको ढुवानीका लागि पनि खुकुलो पारिएको छ ।
 
उद्योगबाट लोड भएका सामान गन्तब्य स्थलसम्म पुर्‍याउन पाइने भएको छ । त्यहाँबाट फर्किन पनि दिइने भएको छ । बीमा, बैंकिङ, धितोपत्र बजार सञ्चालनका लागि पनि व्यवस्था गरिएको छ ।
 
त्यस्तै सरकारले काठमाडौँ उपत्यका प्रवेश गर्ने ढुवानीका साधनमा यात्रु राख्न नपाइने निर्णय गरेको छ ।
 
प्रवक्ता खतिवडाले ढुवानीका सवारीसाधनका चालक र सहचालकको नाम, जन्ममिति, काठमाडौँ प्रवेश गरेको र फर्केको मिति, समयसहितको विवरण राखिने बताए ।
 
ग्यास, पानी, खाद्यान्नका साथै अन्य उत्पादन ल्याउन लैजान पनि दिइने भएको छ । राजमार्गका होटल तथा रेष्टुरेन्टहरु पनि सीमित रुपमा खोल्न पाइने भएको छ । त्यहाँबाट खानाको प्याकेट मात्र उपलब्ध हुनेछ ।
 
गाडी वर्कसप पनि खुल्ने भएको छ । अन्य विद्युतीय सेवा दिने क्षेत्र पनि खुला हुने निर्णय मन्त्रिपरिषदले गरेको छ ।
 
लकडाउनको समयमा सीमित पाठ्यपुस्तक बिक्री गर्ने पसललाई सञ्चालन गर्न दिने भएको छ । जनक शिक्षा सामग्री केन्द्रद्वारा मुद्रित पुस्तक बिक्री गर्ने पुस्तक पसललाई सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
 
यी हुन् खोल्न मिल्ने उद्योगः
 
स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु,
खाने पानी उत्पादन गर्ने उद्योगहरु,
इँटा उद्योग, पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग,
खाने तेल तथा घ्यू उद्योग,
चिनी उद्योग,
 
खाद्यान्न उत्पादन वा प्रशोधन गर्ने उद्योगहरु,
दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग,
औषधि, सर्जिकल उत्पादन,
चिया प्रशोधन उद्योग,
एलपीजी ग्याँस उद्योग,
प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग,
कफि उद्योग,
 
पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग,
नूडल्स तथा तयारी चाउचाउ उद्योग,
मसला उद्योग,
अलैंची र अदुवा प्रशोधन उद्योग,
कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग,
धान चामल र चिउरा उद्योग,
दाल उद्योग, पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग,
 
खानी तथा खनिजजन्य उद्योग,
बालुवा प्रशोधन तथा क्रसर उद्योग,
सिमेन्ट उद्योग,आइरन तथा स्टिलउद्योग,
पेन्टिङ्गस रंगरोगन उद्योग,
जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग,
बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग,
 
फोहोर मैला संकलन तथा प्रशोधन उद्योग,
ढुवानी तथा कार्गो सेवा उद्योग,
मेसिन पार्टपूर्जा वर्कसप उद्योग,
मोटर ग्यारेज वर्कसप उद्योग,
छापाखाना तथा प्रेस सम्बन्धी उद्योग,
विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग,
 
जुुस तथा हल्का पेयपदार्थ उद्योग प्लाइउड र भेनिर उद्योग,
विद्युत उत्पादन, विद्युत्त सामग्री,
ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
जस्ता पाता उद्योग
हेभी मेशीनरी औजार मर्मत संभार
खनिजजन्य उद्योग र खानीहरु,
समिल र काष्ठ उद्योग,
आल्मुनियम उद्योग,
ग्रील उद्योग,
औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग रहेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago