भर्खरै

वितरण केन्द्रलाई मिटर रिडिङ तथा महसुल काउन्टर सुचारु गर्न निर्देशन

  • प्रकाशित मिति : बिही, बैशाख २५, २०७७
  • - विद्युत संसार संवाददाता
title
 
विद्युत संसार ,वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मिटर रिडिङ तथा विद्युत महसुल संकलन काउन्टर खोल्न निर्देशन दिएको छ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोक्न गत चैत ११ गतेदेखि बन्द भएका यी सेवा सुचारु गर्न वितरण तथा ग्राहक सेवा निर्देशनालयलाई निर्देशन दिइएको हो ।
 
बैशाख २१ गते कार्यकारी निर्देशक स्तरीय निर्णय गरी सावधानी पूर्वक मिटर रिडिङ कार्य तथा महसुल संकलन काउन्टर सुचारु गर्न निर्देशन दिएको प्राधिकरणले जनाएको छ । कोभिड–१९ को असरले मिटर रिडिङ कार्य नहुँदा गत फागनुदेखिको विद्युत महसुल उठ्न बाँकी छ । अनलाइन सुविधा भएका ग्राहकले मात्रै महसुल तिरेका छन् ।
 
कार्यकारी निर्देशकको निर्देशनपछि निर्देशनालयले मातहतका सबै प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालयलाई काम सुचारु गर्न  सर्कुलर गरेको छ । निर्देशनालयको सर्कुलरपछि देशभरका वितरण केन्द्रले मिटर रिडिङ कार्य सुचारु गरेका छन् ।
 
काउन्टरको सेवा  पनि सुचारु गरी महसुल संकलन गर्न थालेका छन् । मिटर रिडिङ तथा महसुल संकलन काउन्टर सञ्चालन गर्दा कर्मचारीलाई सावधानी अपनाउन भनिएको छ ।
ऊर्जा खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago