भर्खरै

कसरी बनाउने मजबुत पासवर्ड, यी हुन् गुगलका ५ टिप्स

  • प्रकाशित मिति : शुक्र, बैशाख २६, २०७७
  • - Admin
title

 
विद्युत संसार, वैशाख । साइबर आक्रमणका घटनामा पछिल्ला दिनहरुमा वृद्धि भैरहेको छ । अझ लकडाउनका बेला इन्टरनेटको प्रयोग अत्यधिक हुँदा प्रयोगकर्ताका अनलाइन अकाउन्टहरु झनै जोखिमपूर्ण बनिरहेका छन् । यस्तोमा आफ्नो कुनै पनि अनलाइन अकाउन्टलाई ह्याक हुनबाट जोगाउनका लागि अकाउन्टको पासवर्ड मजबुत बनाउनुपर्ने हुन्छ ।
 
अधिकांस मानिसहरु सम्झिन सजिलो होस् भनेर अंकमात्रै वा अक्षर मात्रैका सजिला पासवर्ड राख्ने गर्दछन् । आफ्नो जन्ममिति, जन्मस्थान, नाम वा थर जस्ता अंक तथा अक्षरहरुलाई अनलाइन अकाउन्टको रुपमा प्रयोग गर्ने प्रचलन निकै बढी छ । अझै धेरैवटा अकाउन्टमा एउटै पासवर्ड राख्ने मानिसहरु पनि थुप्रै हुन्छन् । यस्तोमा ह्याकरहरुले प्रयोगकर्ताको पासवर्ड सजिलै पत्ता लगाउने र अकाउन्ट ह्याक गर्ने जोखिम उच्च हुन्छ ।
 
 
 
 
हरेक वर्ष मे महिनाको पहिलो बिहीबारलाई विश्व पासवर्ड दिवसको रुपमा मनाइन्छ । यो वर्षको पासवर्ड दिवसको अवसरमा इन्टरनेट जाएन्ट गुगलले बलियो पासवर्ड बनाउने ५ वटा टिप्स दिएको छ । गुगलका अनुसार मजबुत पासवर्ड बनाउनका लागि यी कुरामा ध्यान दिनुपर्दछ स्
 
 पासवर्ड लामो हुनुपर्दछ स् गुगलका अनुसार पासवर्डमा कम्तिमा पनि ८ वटा अंक।अक्षर।चिन्ह हुनुपर्दछ । पासवर्डलाई मजबुत बनाउनका लागि त्यसमा अक्षरहरुमा ठूलो तथा सानो अंग्रेजी अक्षर, अंक तथा चिन्हहरुको समेत प्रयोग गर्नुपर्दछ ।
 पासवर्ड फरक फरक हुनुपर्दछ स् इन्टरनेट प्रयोगकर्ताहरुले आफ्ना फरक फरक अनलाइन अकाउन्टहरुमा फरक फरक पासवर्ड प्रयोग गर्नुपर्दछ । एक भन्दा बढी अकाउन्टमा एउटै पासवर्ड प्रयोग गर्नु हुँदैन ।
 पासवर्ड सिर्जनात्मक हुनुपर्दछ स् कतिपय प्रयोगकर्ताहरुले आफ्नो सजिलोका लागि निकै सरल चिजहरुलाई पासवर्डको रुप्मा प्रयोग गर्ने गर्दछन् । जसमा आफ्नो नाम, थर वा उपमान, स्कूलको नाम, आफु बस्ने टोलको नाम, मनपर्ने खेल क्लबको नाम, १२३४५ जस्ता लहरै अंक वा उबककधयचम भन्ने शव्द । सजिलोका लागि यस्तो पासवर्ड राख्नु जोखिमपूर्ण हुन्छ । ह्याकरहरुले सजिलैसँग यस्तो पासवर्ड पत्ता लगाएर तपाइँको अकाउन्ट ह्याक गरिदिन सक्दछन् । त्यसैले पासवर्ड छनोट गर्दा अलिक सिर्जनात्मक हुनुहोस् ।
 पासवर्डमा नराख्नुस् व्यक्तिगत जानकारी स् गुगलका अनुसार आफ्नो नाम, ठेगाना, फोन नम्बर तथा इमेल आदिलाई पासवर्डको रुपमा प्रयोग गर्नु हुँदैन । यसले अन्य व्यक्ति वा ह्याकरलाई तपाइँको पासवर्ड पत्ता लगाएर अकाउन्ट ह्याक गर्न सजिलो पर्न सक्दछ ।
 पासवर्ड परिवर्तन गरिरहनुहोस् स् धेरै लामो समयसम्म एउटै पासवर्ड राखिरहनु हुँदैन । समय समयमा पासवर्ड परिवर्तन गरिरहनु पर्दछ । यदि कुनै कारणले अन्य व्यक्तिसँग आफ्नो पासवर्ड शेयर गरिएको छ वा अन्य व्यक्तिलाई तपाइँको पासवर्ड थाहा भयो भने तुरुन्तै पासवर्ड परिवर्तत गर्नुहोस् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 22 hours ago