भर्खरै

झिमरुक र आँधीखोलाको महसुल काउन्टर सोमबारदेखि खुल्ने

  • प्रकाशित मिति : आईत, बैशाख २८, २०७७
  • - विद्युत संसार संवाददाता
title
विद्युत संसार, बैशाख, काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) ले सोमबारदेखि झिमरुक र आँधीखोला जलविद्युत केन्द्रको विद्युत महसुल संकलन काउन्टर खुलाउने भएको छ । बिपिसीको व्यवस्थापनले देशभर लकडाउन सुरु भएपछि चैत ११ गतेदेखि बन्द महसुल काउन्टर खुलाउने निर्णय गरेको हो ।
 
नेपाल विद्युत प्राधिकरणले मिटर रिडिङ तथा महसुल संकलन कार्य सुरु गरेकाले पाल्पा, स्याङ्जा, प्युठान र अर्घखाँची जिल्लाका महसुल काउन्टर खोल्न लागिएको बिपिसीका उत्पादन विभाग प्रमुख प्रकाश श्रेष्ठले बताए । उनका अनुसार बिपिसीको फागुनदेखिको विद्युत महसुल उठ्न बाँकी छ ।
 
बिपिसीले झिमरुक र आँधीखोलाको विद्युत वितरणबाट मासिक करिब ५ करोड रुपैयाँ बराबरको आम्दानी गर्दै आएको छ । कोरोना भाइरस ९कोभिड–१९० को महामारीले साना उद्योग, व्यापारिक केन्द्र तथा कार्यालयको काम बन्द हुँदा लकडाउनपछि ग्राहकबाट उठ्ने रकम घट्ने  देखिएको श्रेष्ठले बताए ।
 
महसुल उठ्न नसके पनि विद्युत उत्पादन तथा वितरणमा कुनै समस्या नरहेको बिपिसीले जनाएको छ । ४ जिल्लामा बिपिसीका ५२ हजार बढी ग्राहक छन् । झिमरुकका मात्रै २० हजार ग्राहक छन् । आँधीखोलाले ३२ हजार बढी ग्राहकलाई विद्युत सेवा दिँदै आएको छ ।
 
बिपिसीले विद्युत महसुलको बिलिङ तथा महसुल संकलन गर्न ‘बिलिङ सर्भिस म्यान’ नियुक्त गरेको छ । यीनै बिलिङ सर्भिस म्यानले मिटर रिडिङ, बिलिङ तथा महसुल संकलन गरेर हरेक महिनाको १५ गते काउन्टरमा बुझाउने प्रभावधान छ । झिमरुकमा ३२ र आँधीखोलामा ८० जना बिलिङ सर्भिस म्यान कार्यरत छन् ।ऊर्जा खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago