भर्खरै

नेविप्राका युनियनहरुले प्रस्तावित विद्युत् ऐनमा सुझाव सहित ज्ञापनपत्र

  • प्रकाशित मिति : बिही, जेठ १, २०७७
  • - विद्युत संसार संवाददाता
title

विद्युत संसार,जेठ,काठमाण्डौं ।नेपाल विद्युत् प्राधिकरणको आधिकारिक टे«ड यूनियनसहित क्रियाशील अन्य कर्मचारी सङ्गठनले प्रस्तावित विद्यत् ऐनका विभिन्न दफामा आआफ्ना सुझाव दिएका छन् । कर्मचारीयुनियनले ले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई एक ज्ञापनपत्र बुझाउँदै प्राधिकरणको थप उन्नयन तथा विकासका लागि सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताएका हुन् । 
 
कर्मचारीको सुझाव ग्रहण गर्दै मन्त्री पुनले सरोकार भएका निकाय तथा व्यक्तिसँग छलफल गरी प्राप्त निष्कर्षका आधारमा प्रस्तावित ऐन अगाडि बढाउन आफू तयार रहेको बताए। प्रस्तावित विद्युत् ऐन मन्त्रिपरिषद्ले पारित गरिसकेको छ । प्रस्तावित ऐन, सङ्घीय संसद्मा प्रस्तुत हुने क्रममा छ । सो ऐनका केही दफामा प्राधिकरणका कर्मचारी तथा निजी क्षेत्रका उद्यमीले समसामयिक नभएको भन्दै गुनासो गर्दै आएका छन् ।  
 
कर्मचारीले प्रस्तावित ऐनले प्राधिकरणको संस्थागत उन्नति र कर्मचारीको भविश्यमा समेत गम्भीर सङ्कट आउने भन्दै आज मन्त्री पुनको ध्यानाकर्षण गराएका हुन्  । प्राधिकरणका कार्यरत आधिकारिक टे«ड यूनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियन, कर्मचारी सङ्घ र कर्मचारी कल्याण परिषद्ले संयुक्त रुपमा मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया