भर्खरै

४ वर्षे कार्यकालको लागि जोशी र गुरुङ मनकामना क्षेत्र विकाश समितिमा नियुक्त

  • प्रकाशित मिति : सोम, जेठ ५, २०७७
  • - भीमलाल श्रेष्ठ
title

 
विद्युत संसार, जेठ,गोरखा । मनकामना क्षेत्र विकाश समिति गोरखाको अध्यक्षमा रामकुमार जोशी र कार्यकारी निर्देशकमा लेबिन्द्र गुरुङ ४ बर्षे कार्यकालको लागि नियुक्ति भएको छन । 
मन्त्रिपरिषदको २०७६ चैत ९गतेको बैठकले जोशी र गुरुङ दुवैलाई नियुक्ति गर्ने निर्णय गरिएको हो । शहिद लखन गाउँपालिका निवासी रामकुमार जोशी साविक मनकामना गाविसका पूर्व अध्यक्ष र गण्डकी गाउँपालिका निवासी गुरुङ घ्याल्चोक गाविसका पूर्व अध्यक्ष हुन ।
 
गुरुङ गोरखा काठमाण्डौं सम्पर्क मञ्चका सल्लाहाकर, गोररखा घ्याल्चोक विकाश समाजका अग्रज सदस्य लगायत १ दर्जन भन्दा बढि विभिन्न सामाजिक संघसंस्था आबद्ध रहदै साँस्कृति सम्पदाको संरक्षण संम्बद्धनमा वकालत गर्दै स्थानीय निकायमा भएको ऐतिहासिक मुन्थला महोत्सव जस्ता कार्यमा उनको महत्वपूर्ण योगदान रहेको स्थानियहरुले  बताउने गरेका छन ।
 
रामकुमार जोशी र कार्यकारी निर्देशकमा लेबिन्द्र गुरुङ को ४ बर्षको कार्यकालमा समग्र मनकामना धार्मिक क्षेत्रको संरक्षण,सम्बर्द्धन एबम बिकासमा उल्लेखनीय योगदानको अपेक्षा सहित स्वर्णिम अवसरको रुपमा रहन सकोस  कार्यकालको पुर्ण सफलताको कामना गर्दछु। 
                                      
 

प्रतिक्रिया