भर्खरै

रोजगारदाता परिषदका सभापति ढकालले नै दिए ५०० कर्मचारीलाई एकैपटक बेतलबी बिदा

  • प्रकाशित मिति : मंगल, जेठ ६, २०७७
  • - शिव बोहोरा
title
 
उद्योग वाणिज्य महासंघ भन्छ - मजदूरलाई ५० प्रतिशत तलब दिन्छौँ, तर उपाध्यक्षको कम्पनी दिन्छ बेतलबी बिदा
 
विद्युत संसार,जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापतिसमेत रहेका आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले एकैपटक ५ सयभन्दा बढी कर्मचारीलाई बेतलबी बिदा दिएका छन्। 
 
कोरोना भाइरस (कोभिड १९) का कारण देश नै लकडाउनमा भएको र आर्थिक गतिविधि तथा काम ठप्प भएकाले उनीहरुलाई अनिश्चित कालिन बेतलबी पत्र दिइएको पाइएको छ। आइएमई ग्रुपअन्तर्गतको अटोमोटिभ डिभिजनमा कार्यरत ५ सयभन्दा बढी कर्मचारीलाई जेठ १ गतेदेखि लागू हुनेगरी बेलतबी बिदाको पत्र थमाइएको हो। 
 
आइएमई मोटर्स प्रालिले बैशाख ३१ गतेको निर्णयअनुसार सबै कर्मचारीलाई एकैपटक बेतलबी बिदाको पत्र दिएको हो। कम्पनीको निर्णयको विषयमा चित्त नबुझे जेठ ३ गतेसम्म सम्बन्धित कर्मचारीले आफ्नो विभागीय प्रमुखलाई असहजता बारे जानकारी गराउन सक्ने व्यहोरा पत्रमा छ। 
 
आइएमई मोटर्सले नेपाली बजारमा अशोक लेल्यान्डका कमर्सियल गाडी, अमेरिकी ब्रान्ड हार्ले डेभिडसन र युएमका मोटरसाइकल तथा एसकर्टस्का हेवी इकयुपमेन्ट बिक्री गर्दै आएको छ। यी चार वटै ब्रान्डका सबै कर्मचारीलाई एकैपटक बेलतबी बिदामा राखिएको हो। 
 
एकैपटक यति ठूलो संख्यामा कर्मचारीहरुलाई बेतलबी बिदाको पत्र अकस्मात आएपछि त्यहाँका कर्मचारी वृत्तमा हलचल नै मच्चिएको छ। तर उनीहरु यो कुरा खुलेर राख्न भने सकिरहेका छैनन्। अन्य कुनै पनि कर्पोरेट हाउस वा सवारी बिक्रेता कमपनीले हालसम्म कसैलाई पनि बेतलबी बिदाको पत्र नदिएकोमा आइएमईले कसरी र किन यस्तो निर्णय गर्‍यो थाहा पाउन नसकिएको आइएमई मोटर्सबाट बेतलबी बिदाको पत्र पाएका एक कर्मचारीले बताए। 
                                    
 
लकडाउन सुरु भएसँगै काम नभएको विषयमा हामी कर्मचारीहरु पनि जानकार छौं। तर कम्पनीले के आधारमा हठात यस्तो निर्णयमा पुग्यो थाहा पाउन सकिएको छैन,’ ती कर्मचारीले भने, ुजुन कम्पनीले तलब दिँदैन, जुन व्यवसायीले तलब दिँदैनन् भन्ने अनुमान थियो उनीहरुकोमा यस्तो अवस्था छैन। तर महासंघका उपाध्यक्षकै कम्पनीबाट यसको सुरुवात हुँदा अचम्म लागेको छ।ु अटोमोबाइल व्यवसाय गरिरहेका अन्य कम्पनीले कर्मचारीलाई ३० देखि ५० प्रतिशतसम्म तलब अहिलेपनि दिइरहेको साथीभाइमा सोधीखोजी गर्दा थाहा पाइएको उनको भनाइ छ। 
आइएमई अटोमोटिभ्सले कर्मचारीलाई उपलब्ध गराएको पत्र।
 
सरकार, मजदूर र रोजगारदाता तीनवटै पक्षले समान ३३।३३ प्रतिशत क्षति ब्यहोर्ने प्रस्तावसहितको छलफल चलाएको महासँगकै एक उपाध्यक्षले ठूलो संख्यामा कर्मचारीलाई अनिश्चितकालीन बेतलबी बिदामा राख्नुले संसय पैदा गरेको छ। ढकाल महासंघको रोजगारदाता परिषद्को हैसियतमा आइएलओलगायत विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय फोरमहरुमा श्रमिक र रोजगारदाताको सम्बन्ध सुमधुर हुनुपर्ने ओकालत समेत गर्दै आएका छन्। 
 
तर उनैले कोरोना भाइरसको महामारी सुरु भएको दोस्रो महिनामै ५ सयभन्दा बढी कर्मचारीलाई बेतलबी बिदामा राखेका छन्। यसबारेमा ढकालसँग प्रतिक्रिया लिन खोज्दा पछि कुरा गर्ने भन्दै पन्छिए। आइएमई ग्रुपअन्तर्गतको आइएमई मोटर्सले एकैपटक ५ सयभन्दा बढी कर्मचारीलाई बेतलबी बिदा राखेको हो भन्ने जिज्ञासामा ढकालले भने, अहिले म श्रम मन्त्रालयमा श्रम सम्बन्धी नै कुरा गर्दै छु, यसबारे पछि कुरा गरौंला।’ 
 
सोमबार महासंघले जुममार्फत गरेको गरेको पत्रकार सम्मेलनमा अध्यक्ष भवानी राणा तथा बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफूहरु श्रमिकलाई ५० प्रतशितसम्म तलब दिन तयार रहेको बताएका थिए। त्यस्तै महासंघको तर्फबाट श्रमिककको विषयमा वकालत गर्दै आएका ढकालले समेत सोमबारको उक्त पत्रकार सम्मेलनमा रोजगारदाताहरु ५० प्रतिशत तलब दिन तयार रहेको उल्लेख गरेका थिए। 
 
तर उनको कम्पनीले भने जेठ १ गतेदेखि नै ५ सयभन्दा बढी कर्मचारीलाई अनिश्चित कालिन बेतलबी बिदाको पत्र थमाइसकेका छन्।
नेपाल लाइभ
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago